स्याङ्जामा अबैध भरूवा बन्दुक सहित एक युवक पक्राउ ।
स्याङ्जा :
स्याङ्जामा अबैध भरूवा बन्दुक सहित एक युवक पक्राउ परेकाछन् । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नं ८ बाहकोट कल्लियाथोकमा वस्ने ३३ बर्षीय अमित सिंह ठकुरी रहेकाछन् ।
घरमा अवैध हातहतियार रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले ठकुरीको घर खानतलासी गर्दा लुकाई राखेको एक नाले भरुवा बन्दुक फेला पारेको बताईएकोछ । पक्राउ परेका ठकुरीलाई स्याङजा जिल्ला अदालतबाट दिन २५ दिन नियन्त्रणमा राख्ने अनुमति लिई थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
-स्याङ्जाबाट निर्वाचित प्रदेश सांसदलाई कोरोना संक्रमण पुष्टि ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


