आज मंगलबार कस्तो छ समय,शुभबेला सहित राशिफल (असोज ६ गते)

ganesh


मेष– चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।

वृष– सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।

मिथुन– सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनु हुनेछ ।बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठनपाठनमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।

कर्कट– अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ ।

सिंह– बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ।

कन्या– चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। पुरानो गतिले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ।

तुला– परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।

वृश्चिक– सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् ।

धनु– यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला ।

मकर– मनोरञ्जन पूर्ण समय रहेको छ . कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। केही चुनौती पनि सामना गर्नुपर्ला । व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ।

कुम्भ– नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ ।

मीन– पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला ।

बिशेष जानकारी :

बिशेष काम गर्ने राम्रो समय बिहान 10:24 देखि दिउसो 12:05 बजे सम्म छ, यो समय चन्द्र होरा, लाभ बेला, अमृत बेला, गुरु होरा अनि अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /

राहु काल दिउसो 02:55 बजे देखि 04:26 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।

आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले राता खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै काजु सक्खर वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।

आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि उत्तर दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

सहित जुरेका कामहरु प्रतियोगिताको काम, भेद काम, अलग गर्ने काम, हतियार, मुगा, सुन–रातो बस्तुको काम, रक्तश्राप काम रगत बगाउने काम, जग्गा जमिनको काम राम्रो छ ।

Facebook Comments Box
TOP