वालिङका किसोर बेपत्ताको घटना : साेमबार पनि वडा प्रहरी कार्यालय घेराउ (भिडियो सहित)
स्याङ्जा :
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० पाईनिअज रोड बस्ने १८ वर्षिय राजन पौडेलको तत्काल खोजी गर्न माग गर्दै साेमबार पनि वडा प्रहरी कार्यालय घेराउ गरिएको छ ।
सयौंको संख्यामा स्वतस्फुर्त रुपमा जम्मा भएकाहरुले तत्काल न्याय दिन माग गरेका थिए । उनीहरुले घटनाका दोसीलाई हदै सम्मको कारवाही गर्न माग गरेका छन् ।
राजन पौडेल ८ दिन देखि बेपत्ता रहेको भन्दै सँगै खेल्न गएका उनका दुई जना साथी बिरुद्ध किटानी सहित निवेदन दिईएको परिवारले जनाएको छ । राजनकी आमा कमला पौडेलले प्रहरीमा निवेदन दिनु भएको हो ।
साउन २६ गते स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ४ आँधीखोलास्थित ओडारे रहमा पौडी खेल्ने क्रममा बेपत्ता भएकोे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईएको छ ।
बेपत्ता पौडेलको खोजी गर्न प्रहरीले गोताखोरको सहायत लिएको जनाएको छ ।
यसैबीच प्रहरीले जतिसक्दो छिटो सत्यतथ्य बाहिर ल्याउने बताएको छ । वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणको उपस्थितीमा प्रहरीले अनुसन्धानको दायरा बढाउने र तत्काल सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको हो ।
भिडियो : किन घेरे महिलाहरुले प्रहरी, कसले बनायो वालिङका किसोर बेपत्ता, कपडा र मोबाईल भेटियो खोलाको तिरमा
समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१३ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


