स्याङ्जामा एक हप्ता (भदौ १८) सम्म थपियो निशेधाज्ञा, के गर्न पाईन्छ, के के गर्न पाईदैन ? (सूचना सहित)
स्याङ्जा :
स्याङ्जामा भदौ १८ गते सम्म निशेधाज्ञा थपिएको छ । बिहिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जारी निशेधाज्ञालाई एक हप्ता अर्थात् भदौ १८ गते सम्म बढाउने निर्णय गरेको हो ।
जिल्लामा कोरोनाका संक्रमित घट्दो क्रममा रहेको भए पनि छिमेकी कास्की लगायतका जिल्लामा संक्रमित समुदाय स्तरमा बढिरहेको भन्दै स्याङ्जा पनि उत्तिकै जोखिममा रहेको निश्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
निशेधाज्ञाकाे अवधीमा अति आवश्यक सेवा बाहेक सबै बन्द रहने प्रजिअ क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुशार सार्वजनिक तथा नीजी सवारी पूर्ण रुपमा बन्द रहनेछन् भने सरकारी तथा अति आवश्यक सेवाका कर्मचारी आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको छ ।
बैंक तथा बित्तिय संस्था भने बुधवारबाट सञ्चालनमा आईसकेकाछन् ।
सञ्चालन गर्न पाईने सेवा तथा क्षेत्रहरु :
१. भिडभाड तथा जमघट हुन नदिइ अत्यावश्यक सेवा संचालन गर्ने व्यवस्था मिलाउने
२. भौतिक दुरि कायम गरि खाद्यान्न,तरकारी ,फलफूल ,डेरि र माछामासु पसल बिहान ६ बजे देखि – ९ बजेसम्म र बेलुका ४ बजे देखि – ७ बजेसम्म खोल्ने।
३. खाद्यान्न , कृषि र पशुपक्षी तथा निर्माण सामाग्रीहरु ढुवानीका सवारी साधनहरुलाई बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म मात्र संचालन गर्ने ।
४. बैंक तथा वित्तीय संस्थाहरु तथा सहकारीहरु भौतिक दुरि कायम गराई स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरि संचालन गर्ने
५.कर्मचारीको हकमा आफ्नो परिचयपत्रका साथ बिहान ९ बजे देखि– १० बजेसम्म र बेलुका ५ बजे देखि ६ बजेसम्म आवातजावतमा सहजीकरण गर्ने (बीचको समयमा आवतजावत गर्न नपाईने)
सञ्चालन नआउने अर्थात प्रतिबन्ध लगाईएका क्षेत्रहरु :
१. शैक्षिक संस्थाहरु विद्यालय,कलेज,ट्युसन सेन्टर , पुस्तकालय
२. सबै प्रकारका सभा,गोष्ठी ,तालिम र सेमिनार
३ सबै प्रकारका प्रदर्शन , भेला तथा सम्मेलन
४. सिनेमा हल , पार्टी प्यालेस , डान्सबार लगायतका मनोरञ्जन स्थल
५. शैलुन , ब्युटिपार्लर व्यवसाय
६. समुहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति
७. धार्मिक स्थलहरुमा दैनिक नित्यबाहेका गतिविधि
८. फुटपाथ ,खुला ठाउँ ,ठेलागाडा र साइकलमा गरिने खुद्रा व्यापार व्यवसाय एवम् कवाडी सामान संकलन
९. एम्बुलेन्स तथा शव वाहन बाहेकका सवारी साधनहरु राती ९ बजेदेखि बिहान ५ बजेसम्म सन्चालन नगर्ने
१०.कुनै पनि नीजि तथा सार्वजनिक सवारी साधान सञ्चालन गर्न नपाईने ।
.

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


