स्याङ्जामा पहिलो पटक हेमोडायलायसिस सेवा शुरु

प्रकाश डोटेल/स्याङ्जा :
जिल्ला अस्पताल स्याङ्जामा हेमोडायलायसिस सेवा शुरु गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र जिल्ला अस्पतालको संयुक्त लगानीमा सेवा शुरु गरिएको हो ।
सेवा शुरु भएसँगै जिल्लामा रहेका मृगौला रोगीहरु हेमोडायलायसिस गराउनका लागि पोखरा, काठमाडौं जानुपर्ने बाध्यता हटेको छ ।
एक पटकमा ३ जनालाई डायलायसिस गर्न सकिने जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा. शुसिल मारासिनीले जानकारी दिनुभयो । जिल्लामा झण्डै १ सयको हाराहारीमा डायलायसिस गर्ने मृगौला रोेगी रहेको डा. मरासिनीले बताउनुभयो ।
मन्त्रालय र जिल्ला अस्पतालको करिब ५० लाखको लागतमा सेवा शुरु गरिएको हो । सरकारको स्वास्थ्य नीति अनुसार हेमोडायलायसिस निःशुल्क गरिने स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेश पोखराले जनाएको छ ।
.


समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…