स्याङजाका मल्लले जिते एक लाख राशिको स्वतन्त्र लेखन प्रतियोगिताकाे उपाधी
स्वतन्त्र लेखन प्रतियोगिताको विजेता स्याङजाका सुवास मल्ल बनेका छन् । कोरोना महामारी र हाम्रो भविष्य विषयक शिर्षकमा आयोजना गरिएको स्वतन्त्र लेखन प्रतियोगितामा प्रतिस्पर्धाका लागि प्राप्त भएका १ सय ११ लेखमध्ये ९६ लेख प्रकाशित भएका थिए । त्यस मध्ये पुतलीबजार नगरपालिका वडा नम्वर ३ का मल्लले लेखेकाे ‘अवसरहरुले ढकढक्याउँदै हाम्रा ढोका’ शिर्षकको लेख प्रथम भएकाे हाे ।
सोमबार एक कार्यक्रमको आयोजना गरी आयोजक विकासन्युज डटकमले विजेताहरुको नाम घोषणा गरेको हो ।
निर्धारित समयभित्र १०५ जना लेखकले १ सय ११ वटा लेखर रचना पठाएर प्रतिस्पर्धामा भाग लिएका थिए । प्राप्त लेख रचनाहरु इमेलमा प्राप्त मिति र समयका आधारमा क्रमागत रुपमा सूचिकरण गरिएको थियो । पहिला प्राप्त रचनालाई पहिला नै प्रकाशन गर्ने विधिमा गएकोले कुनै पनि लेखकले दुई वा सोभन्दा बढी रचना पठाएको अवस्थामा पहिलो प्रकाशनलाई प्रतिस्पर्धामा सहभागी गराइएको थियो ।
मल्लले लेखेकाे लेख पढ्न लिंकमा क्लिक गर्नुहाेस् अवसरहरुले ढकढक्याउँदै हाम्रो ढोका
.

प्रतिस्पर्धाको लागि १ सय ११ वटा लेखररचनाहरु प्राप्त भएकोमा ९६ वटा प्रतिस्पर्धीका रुपमा प्रकाशित भएका थिए । पौडेलले कपीमा लेखेर फोटो खिचेर वा स्क्यान गरी इमेल गरेका वा पुनः टाइप गर्नु पर्ने, विदेशी लेखक वा अन्य संस्थाको वेवसाइटबाट पुरै अनुच्छेद नै नेपालीमा उल्था गरिएको भेटिएका लेख र रचनाहरुलाई प्रतिस्पर्धामा सहभागी नगराएको बताए । एउटै लेखकले पठाएका एक भन्दा बढी चरन मध्ये पहिले पठाएकाे लेख/रचना प्रकाशित गरिएकाे थियाे ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


