एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।
सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि नतिजा प्रकाशित गरिएको हो ।
गत ६ चैतका लागि निर्धारित एसईई कोरोना (कोभिड–१९) का कारण अन्तिम समयमा स्थगित भएको थियो ।
परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो ।
विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।
जिल्ला समन्वय ईकाई मार्फत विद्यार्थीको मूल्यांकन बोर्डमा आइपुग्न ढिला हुनु तथा कोरोना संक्रमण बढेपछि बोर्डको बैठक बस्न नसकेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।
बोर्डका अनुसार ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी सहभागी भएकोमा ४ लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको छ ।
बाँकी परीक्षार्थी अयोग्य भएका छन् गत वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…