एसईईको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।
सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि नतिजा प्रकाशित गरिएको हो ।
गत ६ चैतका लागि निर्धारित एसईई कोरोना (कोभिड–१९) का कारण अन्तिम समयमा स्थगित भएको थियो ।
परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो ।
विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।
जिल्ला समन्वय ईकाई मार्फत विद्यार्थीको मूल्यांकन बोर्डमा आइपुग्न ढिला हुनु तथा कोरोना संक्रमण बढेपछि बोर्डको बैठक बस्न नसकेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।
बोर्डका अनुसार ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी सहभागी भएकोमा ४ लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको छ ।
बाँकी परीक्षार्थी अयोग्य भएका छन् गत वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


