बुलेट बाईक सहित एक महिना देखि बेपत्ता पंकज’ को कंकाल भालुपहाडमा भेटियाे ।

स्याङ्जा :
बुलेट बाईक सहित एक महिना देखि बेपत्ता रहेका स्याङ्जाका पंकज गिरी मृत अवस्थामा भेटिएका छन् । फेदिखोला गाउँपालिका वडा नम्वर २ भालुपहाड स्थित भिरमा उनको शव भटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिनुभयो ।
पंकजले लगाएको कपडाको आधारमा उनका बाबुले पहिचान गरेको कणेलको भनाई छ ।
यसअघि आईतवार सिद्धार्थ राजमार्ग भन्दा ५/६ सय मीटर तल भालुपहाडको फेदी स्थित सेतीखोलाको जलकुण्डमा बुलेट मोटरसाइकल भेटिएको थियो ।
.

स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्वर ५ सेखाम काम्तीका १९ वर्षीय पंकज गिरी गत असार १८ गते देखि बुलेट मोटरसाईकल सहित बेपत्ता भएका थिए । पुतलीबजार नगरपालिकाको बाड्खोलाबाट साथीहरुसँग अन्तिम पटक सम्पर्कमा आएका उनी त्यही दिन देखि बेपत्ता रहेका थिए ।
हरियो रंगको बुलेट मोटरसाइकलमा नम्बर प्लेट नभएको र हेलमेट भने अर्काे साइडमा भेटिएको प्रहरीको भनाई छ । खोलामा माछा मार्न गएका व्यक्तिले खोलामा मोटर साइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीसहितको टोली सोमबार बिहानैबाट पंकजको खोजीमा जुटेको थियो ।
.

पोखरा ५ पर्स्याङमा बस्दै आएका मृतक गिरी ना ४० प ३७२० नम्बरको हरियो रंगको बुलेट बाइक भाडामा लिएर हिडेको आफन्तको भनाई छ । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीको भनाईछ ।
पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकाको संगमस्थलमा रहेको पयर्टकीय क्षेत्र हो भालुपहाड । ठूला, काला पत्थरिला पहाड भएकाले सो पहाडलाई भालुपहाडको नामांकरण गरिएको हो । जुन पहाडको फदीमा माथिबाट सजिलै देख्न सकिदैन ।
यो पनि पढ्नुहोस् : बुलेट बाइकसहित स्याङ्जाका पंकज बेपत्ता
.

समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…