बुलेट बाइकसहित स्याङ्जाका पंकज बेपत्ता
स्याङ्जा : स्याङ्जा चापाकोट नगरपालिका ५ सेखाम काम्तीका १९ वर्षीय पंकज गिरी बेपत्ता भएका छन् । असार १८ गते स्याङ्जाको बाड्खोलाबाट साथीहरुसँग अन्तिम सम्पर्कमा आएका उनी भाडामा लिएको बुलेट बाइकसहित बेपत्ता भएका हुन् ।
उनको खोजी गरिदिन उनका आफन्त सरोज गिरीले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका छन् । असार २९ गते निवेदन परेकाले सोहीअनुसार मातहत इकाई प्रहरी र स्याङ्जा प्रहरीलाई परिपत्र गरिसकेको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
‘खोज तलासमा निवेदन आए अनुसार दर्ता भई इलाका र सम्बन्धित जिल्ला स्याङ्जा प्रहरीमा सर्कुलर गरेका छौं,’ प्रवक्ता हमालले भने ।
यता स्याङजा प्रहरीले समेत खोजी कार्यलाई तिब्र पारेको स्याङजाका प्रहरी प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, हामीले जिल्लाभर खोजी कार्य जारी राखेका छौं ।
उनको र बाइकको खोजी गरिदिन पोखरा मोटरसाइकल रेन्ट हाउसका तर्फबाट आविष्कार तिमिल्सिनाले समेत वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएका छन् । असार २६ गते तिमिल्सिनाको निवेदन परेको प्रहरीले बताएको छ ।
पंकज गिरी पोखरा ५ पस्र्याङमा बस्दै आएका थिए । ना४०प ३७२० नम्बरको हरियो रंगको बुलेट बाइक लिएर हिडेकाे बताइएकाे छ ।
पंकजले असार १८ गते पोखरा फर्कंदै गरेको भनेर सुजनसहित अर्का १ साथीलाई खबर गरेका थिए । बाड्खोला आएको तर ब्लुबुक र लाइसेन्स नभएकाले चेकिङ सकिएपछि मात्र पोखरा आउने भनेको उनका साथी सुजन कुँवरले बताए । जानकारी उनले चापाकोटका साथी किस्मत मानन्धरलाई समेत गराए ।
त्यसपछि उनी न साथीको सम्पर्कमा छन् न त परिवारको नै । उनका आमाबुवा रोजगारीको सिलसिलामा भारतमा बस्दै आइरहेको आफन्तको भनाइ छ । समाधान न्युज डटकमको सहयोगमा
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…