पछिल्लो २४ घण्टामा ३६० संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३६० जनामा संक्रमण पुष्टि भएको बताउनु भयाे ।
योसँगै नेपालका कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ भने सक्रिय संक्रमितको संख्या थप ६ हजार २९६ रहेको छ।
आज ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयाे ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार ३८९ पुगेको छ।
प्रवक्ता गाैतमले कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको बताउनु भयाे ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


