मोटोपना घटाए कोरोना संक्रमणको जोखिम कम

चिकित्सकहरुका अनुसार मोटोपनाका कारण कोरोना भाइरसको संक्रमण निको हुने सम्भावना कम हुन्छ ।
कोरोना भाइरस संक्रमित जटिलतामा जाने सम्भाव्य कारकमा मोटोपनाको उच्च दर मानिएको छ, जसले टाइप टु डाइबेटिज (मधुमेह) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरू बताउँछन् । मोटोपनाका कारण कोभिड सुधार (रिकभर) हुने सम्भावना कम हुने चिकित्सकहरूको बुझाइ छ ।
बेलायत सरकारले आउँदो शरद ऋतुमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु हुने आकलन गर्दै देशभर मोटोपना घटाउने अभियान नै सञ्चालन गर्ने तयारी गरिरहेको छ । यसबाट टाइप २ मधुमेहजस्ता रोग नियन्त्रण गर्न सहयोग पुग्ने अधिकारीहरूको विश्वास छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफू कोरोना भाइरसबाट संक्रमित भएपछि सघन उपचार आवश्यक पर्नुको कारण मोटोपना भएको जनाएका थिए । त्यसैले पनि प्रधानमन्त्रीको कार्यालयले ‘मोटोपनाविरुद्धको लडाइँ’ नामकरण गरिएको अभियानमा प्रधानमन्त्री आफैंले रुचि देखाएको ठानिएको छ । अहिले प्रधानमन्त्री जोन्सन मानिसलाई साइकल चलाएर मोटोपना घटाउन उत्प्रेरित गरिरहेका छन् । बेलायतको नर्फक एन्ड नरविच युनिभर्सिटी हस्पिटलमा डायबेटिज एन्ड इन्डोक्राइनोलोजी कन्सल्टेन्ट डा. संकल्प न्यौपाने मोटोपनाले डायबेटिज, मुटुसम्बन्धी रोग (कार्डियोभास्कुलर), श्वासप्रश्वास समस्या, हाड जोर्नी दुख्ने, क्यान्सर, ब्लड प्रेसर आदि रोगहरू निम्त्याउने बताउँछन् ।
डा. न्यौपानेको भनाइमा मानिसहरूको जीवनशैली परिवर्तन, कसरत कम, खेल्ने ठाउँ अभाव, फास्टफुड खाने बानी, मेसिनको काममा निर्भर, हिँडाइ कम आदिले गर्दा मोटोपना बढिरहेको छ । पश्चिमी देशको तुलनामा नेपाललगायत दक्षिण एसियाली मानिसमा मोटोपनाको जोखिम बढी देख्छन् क्याम्ब्रिज विश्वविद्यालयबाट मधुमेहबारे विद्यावारिधि डा. न्यौपाने । दक्षिण एसियाली मानिसमा मोटोपना निर्धारण गर्ने बीएमआर्ई (बडी मास इन्डेक्स) क्राइटेरिया नै फरक हुने न्यौपानेको भनाइ छ । उचाइमा एडजस्टेड तौलका आधारमा बीएमआई नापिन्छ ।
तौलका आधारमा मात्र मोटोपना मान्न नहुने डा. न्यौपानेले बताए । ‘६ फुटको मानिससँग ५ फुटको मानिसको वजन दाँज्न त भएन नि,’ उनी भन्छन्, ‘अग्लो मान्छेको तौल र होचोको तौल फरक पर्छ ।’ नेपालीलाई मोटोपनाको बढी जोखिम देख्छन् उनी । नेपालीमा ३ वा ४ वटा रोग सँगै जोडिएका पाइएको छ, जसलाई चिकित्सकीय भाषामा ‘मेटाबोलिक सिन्ड्रम’ भनिन्छ । विशेष गरी अहिले नेपालीमा मेटाबोलिक सिन्ड्रम (कम शारीरिक गतिविधि) ले हुने मोटोपना, हाई ब्लड प्रेसर, पेटको बोसो बढी, उच्च कोलस्ट्रोल आदि समस्या एकैचोटि पाइएको छ ।
पेटको बोसो (एबडोमिनल फ्याट) धेरै किसिमका रोगहरूसँग जोडिएको छ । ‘खाएन भने रोग लाग्छ, दुब्लाइन्छ’ भन्ने गलत मानसिकता धेरैमा रहेको उनी बताउँछन् । कान्तिपुर दैनिकमा नवीन पोखरेलले खबर लेखेका छन् ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…