कार्यान्वयन इकाई शिक्षा स्याङ्जाले भन्यो,’ठेक्का होइन,समितिको निगरानीमा काम गर्नुहोस्।’
स्याङ्जा :
जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा स्याङ्जाले जिल्लामा सञ्चालित कार्यक्रमहरुको निर्देशनलाई कडाइ साथ लागु गर्न आग्रह गरेको छ । निर्माण कार्यलाई ठेक्का नभई समितिको निगरानीमा अगाडि बढाउन ईकाईले आग्रह गरेको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा स्याङजाका प्रमुख रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा विभिन्न विद्यालयहरुबीच आर्थिक बर्ष २०७६/७७ मा निर्माण शुरु हुनेगरि असार महिनामा सम्झौता गरेका विद्यालयहरुको निर्माण प्रक्रिया सम्बन्धमा बिभिन्न मिडियामा आएका समाचार प्रति इकाइको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।
योजना कार्यान्वयनका सम्बन्धी विस्तृत जानकारी समेटी इकाइबाट प्रकाशन गरिएको ‘विद्यालय पुनर्निर्माण सहजिकरण पुस्तिका २०७७’ सबै विद्यालयहरु र सरोकारवालाहरुलाइ उपलब्ध गराइएको भन्दै सो को कडाईका साथ कार्यान्वयन गर्न सूचित गरिएको छ ।
योजना कार्यान्वयनका सम्बन्धमा सम्झौता गर्दाको लागत अनुमानको अधिनमा रही निर्माण कार्यको प्राविधिक नापजाँचका आधारमा मात्रै रकम निकासा हुने भएकोले सम्झौता भन्दा कम रकम निकासा हुन सक्ने भन्दै सचेत समेत गराईएको छ ।
विज्ञप्तिमा केही विद्यालयले निर्माणकार्य ठेक्का प्रक्रिया बाट गराउन सार्वजनिक सुचना समेत प्रकाशन गरेको भेटिएको र तत्कालै विद्यालयलाइ ठेक्का प्रक्रिया रद्द गर्न लगाइएको समेत उल्लेख गरिएको छ । कतिपय विद्यालयमा बिद्यालय व्यवस्थापनका पदाधिकारी ,जनप्रतिनिधि,निर्माण व्यवसायीहरुवाट ठेक्कामा दिन दवाव आएकोे विद्यालयबाट इकाइमा गुनासा आएको तर प्रावधान त्यस्तो नरहेको बिज्ञप्ती मार्फत स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा निर्माण कार्य ठेक्काबाट गराइएको पाइएमा योजनाको सम्झौता रद्द गरिने र हाल सम्म दिइएको रकम समेत असुल उपर गरिने उल्लेख छ । त्यस्तै विद्यालय व्यवस्थापन समितिले दक्ष कामदार व्यवस्था गरि प्रतक्ष्य निगरानी र नियन्त्रणमा रही निर्माण कार्य गराउनु पर्ने समेत उल्लेख गरिएको छ ।
.

समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


