सामान्य बन्दै स्याङजा : संक्रमित निको भएसँगै खाली हुँदै आइसोलेसन कक्ष ।

भवानी अधिकारी/स्याङजा : कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्याङ्जा अहिले सामान्य बन्दै गएको छ । संक्रमित उपचारपछि निको भएर घर फर्केने क्रम बढेसँगै भरिभराउ आइसोलेसन कक्षहरु खाली भएका छन् ।
कुनै बेला ६२ जनासम्म आइसोलेसनमा राखेर उपचार गरेको कालिका सामुदायिक अस्पतालमा अहिले कोरोना संक्रमित छैनन् । भीरकोटस्थित सो अस्पतालमा बुधबार साँझदेखि कोरोना संक्रमित बिरामीको संख्या शून्य रहेको भीरकोट नगरप्रमुख छाँयाराम खनालले जानकारी दिनुभयाे ।
कोरोना संक्रमित बढ्न थालेपछि जेठको दोश्रो साता कालिका सामुदायिक अस्पतालमा ६० शैयाको आइसोलेसन कक्ष तयार पारिएको हो । गण्डकी प्रदेश सरकार र स्थानीय पालिकाको समन्वयमा आइसोलेसन कक्ष बनाइएको थियो।
पहिलो पटक जेठ १६ गते ४ जना संक्रमितको उपचारमा संलग्न अस्पतालले असारको १३ गते ६२ जना संक्रमितको उपचार गरेको जनाएको छ । अस्पतालका कार्यकारी अधिकृत छाँयादत्त रेग्मीले भन्नुभयाे, ‘पछिल्लो पटक साउन ९ मा अस्पतालमा उपचाररत संक्रमित १० जनाले कोरोना जितेर घर फर्केसँगै अस्पतालमा अहिले संक्रमित कोही छैनन् ।’
पछिल्लो पटक घर फर्किनेमा पुतलीबजार १३ का समुदायका ८ जना, प्रहरी एकजना र हरिनासका एक युवा हुन् । ती मध्ये ६ महिला र ४ पुरुष छन् । कोरोना संक्रमित दिनदिनै बढेसँगै कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा भरिभराउ थियो । आइसोलेसनमा राखिएका संक्रमित १ सय ७१ जनालाई नै निको बनाएर घर फर्काउन पाउनु सुखद क्षण रहेको अधिकृत रेग्मीको भनाइ छ ।
आजसम्म जिल्लामा ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ३ सय ३ जना निेको भएर घर फर्केका छन् । अब, ५ जना मात्र आइसोलेसनमा छन् । पोखरामा उपचारका क्रममा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । पुतलीबजारको करेण्डाँडा स्वास्थ्य चौकीमा ३ जना र वालिङ्मा २ जना संक्रमित उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयाे ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…