सामान्य बन्दै स्याङजा : संक्रमित निको भएसँगै खाली हुँदै आइसोलेसन कक्ष ।
भवानी अधिकारी/स्याङजा : कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्याङ्जा अहिले सामान्य बन्दै गएको छ । संक्रमित उपचारपछि निको भएर घर फर्केने क्रम बढेसँगै भरिभराउ आइसोलेसन कक्षहरु खाली भएका छन् ।
कुनै बेला ६२ जनासम्म आइसोलेसनमा राखेर उपचार गरेको कालिका सामुदायिक अस्पतालमा अहिले कोरोना संक्रमित छैनन् । भीरकोटस्थित सो अस्पतालमा बुधबार साँझदेखि कोरोना संक्रमित बिरामीको संख्या शून्य रहेको भीरकोट नगरप्रमुख छाँयाराम खनालले जानकारी दिनुभयाे ।
कोरोना संक्रमित बढ्न थालेपछि जेठको दोश्रो साता कालिका सामुदायिक अस्पतालमा ६० शैयाको आइसोलेसन कक्ष तयार पारिएको हो । गण्डकी प्रदेश सरकार र स्थानीय पालिकाको समन्वयमा आइसोलेसन कक्ष बनाइएको थियो।
पहिलो पटक जेठ १६ गते ४ जना संक्रमितको उपचारमा संलग्न अस्पतालले असारको १३ गते ६२ जना संक्रमितको उपचार गरेको जनाएको छ । अस्पतालका कार्यकारी अधिकृत छाँयादत्त रेग्मीले भन्नुभयाे, ‘पछिल्लो पटक साउन ९ मा अस्पतालमा उपचाररत संक्रमित १० जनाले कोरोना जितेर घर फर्केसँगै अस्पतालमा अहिले संक्रमित कोही छैनन् ।’
पछिल्लो पटक घर फर्किनेमा पुतलीबजार १३ का समुदायका ८ जना, प्रहरी एकजना र हरिनासका एक युवा हुन् । ती मध्ये ६ महिला र ४ पुरुष छन् । कोरोना संक्रमित दिनदिनै बढेसँगै कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा भरिभराउ थियो । आइसोलेसनमा राखिएका संक्रमित १ सय ७१ जनालाई नै निको बनाएर घर फर्काउन पाउनु सुखद क्षण रहेको अधिकृत रेग्मीको भनाइ छ ।
आजसम्म जिल्लामा ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ३ सय ३ जना निेको भएर घर फर्केका छन् । अब, ५ जना मात्र आइसोलेसनमा छन् । पोखरामा उपचारका क्रममा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । पुतलीबजारको करेण्डाँडा स्वास्थ्य चौकीमा ३ जना र वालिङ्मा २ जना संक्रमित उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयाे ।
समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१३ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


