कोरोनाबाट विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख नाघ्यो, संक्रमित १ करोड ८७ लाख नाघे।
विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ४ हजार ३६५ पुगेको छ ।
बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८७ लाख १ हजार ६७२ जनामा संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ हजार २४८ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म ६० लाख ७९ हजार ७२६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये ६५ हजार ४३६ जनाको अवस्था गम्भीर छ ।
१ करोड १९ लाख १५ हजार ३३१ जना उपचारपछि निको भएका छन् ।
चीनको वुहानबाट सुरू भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा कूल संक्रमित ४९ लाख १८ हजार ६४ पुगेको छ । १ लाख ६० हजार २७२ जनाले ज्यान गुमाएका छन् ।
भारतमा एकैदिन ५१ हजार २८२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित संख्या १९ लाख ६ हजार ६१३ पुगेको छ ।
संक्रमितमध्ये ८४९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ हजार ८२० पुगेको छ ।
१२ लाख ८१ हजार ६६० जना उपचारपछि निको भएका छन् ।
५ लाख ८५ हजार १३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचाररत ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


