थप ८८५ जनामा कोरोना पुष्टि, मृतकको संख्या १७५ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ८८५ जनामा कोरोना पुष्टि भएको बताउनु भयाे ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा २ जना महिला र ९ पुरुष रहेका छन् । मृत्यु हुने महिलामा मोरङ र भक्तपुरका एक एक जना रहेका छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा महोत्तरीका ३ जना, कैलाली र बाराका २-२ जना तथा बाँके र काठमाडौँ एक जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…