पछिल्लो २४ घण्टामा ८५५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १६४ पुग्यो ।

corona Gautam

 नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसंगै मृतकको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । मृतकमा एक महिला र छ पुरुष हुन् ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८५५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

थपिएकामा काठमाडौं उपत्यकामा दुई सय ३२ जना रहेका छन् । हाल सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५० रहेको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP