देशभरमा ८१८ कोरोना संक्रमित थपिए ।

corona Gautam

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार देशभरमा थप ८१८ जनामा कोरोना पुष्टि भएको हो।

२२० महिला ५९८ पुरुष गरी ८१८ जान संक्रमित भेटिएको प्रवक्ता गौतमले जनाकारी दिए। योसहित नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

नेपालमा हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन्।

Facebook Comments Box
TOP