स्याङ्जाकी एक महिला सहित गण्डकीमा थपिए छ जना सङ्क्रमित

स्याङ्जा :
गण्डकी प्रदेशमा थप छ जना कोरोना सङ्क्रमित थपिएका छन । तीन जना महिला र तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या एक हजार आठ सय १८ं पुगेको छ ।
आज थपिनेमा कास्कीको पोखरा महानगरपालिकाका तीन जना र तनहुँका दुई जना र स्याङ्जाका एक जना रहेकाछन् । स्याङ्जाको गल्याङ नगरपालिका १ का ४० बर्षकी महिलामा सङ्क्रमण पुष्टी भएको हो ।
गण्डकी प्रदेशका कोरोना सङ्क्रमित एक हजार आठ सय १८ मध्ये एक हजार पाँच सय ७२ जना निको भएर घर फर्किएकाछन् भने ७ जनाको निधन भईसकको छ ।
यसअघि हिजो मात्रै गण्डकी प्रदेशमा ४७ जना सङ्क्रमित थपिएका थिए । जसमा १६ जना प्रहरी र दुई जना नेपाली सेना रहेकाछन् ।
.

समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…