स्याङ्जा : एक जना आर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टी

स्याङ्जा :
स्याङ्जामा थप एक जना नेपाली सेनामा कार्यरत पुरुषमा कोरोना सङ्क्रमण पुष्टी भएको छ । उनी ३७ बर्षका रहेकाछन् । यस्तै तनहुँका एक नेपाली सेनामा कार्यरत पुरुष र म्याग्दीमा नेपाल प्रहरीमा कार्यरत पुरुषमा पनि कोरोना पुष्टी भएको छ ।
आज मात्रै गण्डकी प्रदेशमा थप ८ जना कोरोना सङ्क्रमित थपिएका हुन् । एक बालिका र सात जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या एक हजार आठ सय ८८ं पुगेको छ ।
त्यस्तै नवलपरासी सूस्ता पूर्बका दुई जना र बाग्लुङका दुई जना रहेकाछन् । त्यस्तै तनहुँका थप एक जना रहेकाछन् । नवलपरासीमा थपिनेमा ६ बर्षकी बालिका रहेको बताईएको छ ।
गण्डकी प्रदेशका कोरोना सङ्क्रमित एक हजार आठ सय ८८ मध्ये एक हजार छ सय १२ जना निको भएर घर फर्किएकाछन् भने ७ जनाको निधन भईसकको छ ।
.

समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…