सुनसान पर्यटकीय क्षेत्रमा चहलपहल बढ्दै ।
प्रकाश डोटेल /स्याङ्जा :
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै शुरु भएको लकडाउनमा सुनसान र बन्द सरह रहेका जिल्लाका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । चहलपहल बढ्न थालेपछि स्थानीय युवाहरुले पर्यटकीय क्षेत्रको सरसफाई गर्नपनि थालेका छन् ।
सामाजिक दुरी कायम गर्दै पर्यटकीय क्षेत्रमा चहलपलह हुन् थालेपछि उक्तक्षेत्रको सरसफाई गर्न थालिएको हो । सुनसान रहेका पर्यटकीय क्षेत्रमा कृत्रिम र प्राकृतिक रुपमा भएको फोहोरहरुलाई संकलन गरेर सफाई गरिएको छ ।
स्याङ्जाका वालिङ् नगरपालिका अन्र्तगत वण्डरफुल वालिङ पर्यटन विकास संस्थाको अगुवाईमा त्रिनेत्र युवा क्लवको सहयोगमा वालिङ्को पर्यटकीय क्षेत्र बाहुनथानको सफाई गरिएको छ । पर्यटकको चहलपहल बढ्न थालेपछि नगर क्षेत्रका पर्यापर्यटन उद्यानको सरसफाई थालिएको नगर प्रमुख दिलिपप्रताप खाँणले बताए ।
जिल्लाका पर्यटकीय क्षेत्र सिरुबारी, मट्टिखान, भालुपहाड, छाङ्छाङ्दी, बाहुनथान, गह्रौसुर, हरिनाश र रामनदीधाममा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । पर्यटकको चहलपलह सुरु भएसँगै पर्यटन क्षेत्रको सरसफाई गर्न आवश्यक रहेको स्थानीयले बताएका छन् ।
.

सुनसान रहेको पर्यटकीय क्षेत्र भालुपहाडमा आन्तरिक पर्यटनको आउजाउ बढेको स्थानीय शोभाखर ढकालले बताए । दैनिक जसो ठूलो संख्यामा आन्तरिक र बाह्यि पर्यटक आउँने भालुपहाडमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको ढकालले बताए ।
जिल्लाका पर्यटकीय क्षेत्र अवलोकनका लागि क्रमश पर्यटक आउने क्रम बढ्न थालेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार पर्यटक आउँजाउँ बढ्न थालेपछि व्यापारिक कारोबार पनि बढ्न थालेको छ ।
जिल्लाका होटल र घरबास खुलेपनि खास्सै व्यापार त भएको छैन् तर क्रमश चहलपहल बढ्न थालेको सिरुबारी घरबास संचालक जुम गुरुङ्ले बताए । आन्तरिक पर्यटनले मात्रै होटल र घरबास नचल्ने भएपनि चहलपहल शुरु हुनु सकारात्मक भएको गुरुङ्ले बताए ।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


