स्याङ्जाको विकास र समृद्धिका लागी कुनै कसर बाँकी राख्दिन् : मन्त्री अर्याल

वालिङ :
भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले आत्मनिर्भरतामा जोड दिनुभएको छ । अबको जमाना भनेको आत्मनिर्भरताको हो भन्दै मन्त्री अर्यालले भन्नुभयो, ‘केहि रुपैँया, र सामाग्रीले क्षणिक आवश्यकता परिपुर्ती हुन्छ तर त्यसले दीर्घकालिन खुसी दिन सक्दैन् । त्यसैले सिप सिकौँ र आत्मनिर्भर बनौँ ।’ भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयको महिला लघु उद्यम तथा उद्यमशील विकास कार्यक्रम अन्र्तगत व्यवसायिक ढाका बुनाई सिप विकास तालिमको समापनका अवसरमा मन्त्री अर्यालले यस्तो बताउनुभएको हो ।
वालिङमा रहेको कानुङ आँधीखोला सहकारी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सञ्चालित तालिमको समापनका अवसरमा शुक्रबार मन्त्री अर्यालले जुम भिडियो मार्फत सिप विकासमा जोड दिनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘महिला दिदिबहिनीहरु संगठित हुनुस, समुहमा काम गर्न सहज हुन्छ, सरकारले सहुलियत ऋणको व्यवस्था गरेको छ । बजारीकरणका लागी समेत सरकार तपाईँहरुको साथमै छ । ढुक्क भएर उत्पादनमुलक कार्यमा लाग्नुस् ।’ आयातित सामान भन्दा स्थानीय उत्पादनको प्रयोगमा सबैले ध्यान दिनुपर्ने भन्दै गुणस्तरीयता महत्वपुर्ण रहने मन्त्री अर्यालले बताउनुभयो ।
गृह जिल्ला स्याङ्जाको विकास र समृद्धिका लागी कुनै कसर बाँकी नराख्ने भन्दै मन्त्री अर्यालले हिँजो र आजमा धेरै फरक रहेको बताउनुभयो । स्याङ्जालीले मत दिएर पठाउनुभएको भन्दै भन्त्री अर्यालले भन्नुभयो, ‘तपाँईहरुले मत दिएर पठाउनुभएको जनप्रतिनिधिले कुनै गलत काम गर्ने छैन् , समग्र जिल्लाबासी र देशबासीको शिर ठाडो हुने गरी काम गर्नेछु । विकास, निर्माण र राष्ट्रियताका सवालमा कुनै कमी हुन दिने छैन् । सबैले गर्र्व गर्ने काम गर्नेछु ।’ जनताको प्रेरणा र हौसलाले गतल कामको कहिल्यै सोँच्न नआउने बताउनुभयो । साथै मन्त्री अर्यालले गुणस्तरीय ढाका खोज्न वालिङ जानुपर्छ भन्ने छवि बनाउनुपर्ने भन्दै तालिमलाई विकास गरी, सारी, चोली, व्यागहरु उत्पादनमा समेत लाग्नुपर्ने बताउनुभयो ।
ढाकालाई वालिङको कोशेली बनाऔँ : नगरप्रमुख दिलिपप्रताप खांण
कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांणले समृद्धिको लागी सिप विकास आवश्यक रहने भन्दै उत्पादनलाई प्राथामिकता दिनुपर्ने बताउनुभयो । साथै प्रमुख खांणले उत्पादनलाई प्रोत्साहन दिनका लागी नगरपालिका जमानी बसेर ऋणको व्यवस्था समेत गरेको बताउनुभयो । त्यस्तै राष्ट्रिय सहकारी बोर्डका सदस्य खगिसरा थापाले महिला दिदिबहिनीहरुलाई समुहगत रुपमा उत्पादनका क्षेत्रमा अगाडि बढाउने भन्दै वालिङमा सबैलाई पाई पर्ने गरी ढाका बुनाई केन्द्र सञ्चालन गर्नुपर्ने बताउनुभयो । वालिङको चिनारीको रुपमा ढाकालाई विकास गर्नुपर्ने भन्दै वालिङमा आउने पर्यटकले ढाका कोशेलीको रुपमा लैजाने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीलाई बचत तथा ऋणमा मात्रै सिमित नगरी उत्पादन मुलक कार्यमा समेत लगाउनुपर्ने बताउनुभयो । सहकारीका सदस्यहरुलाई सिप सिकाउने, सहुलियत ऋण दिने, उत्पादन गर्ने, बचत गराउनेतर्फ अभिप्रेरित गर्नुपर्नेमा जोड दिँदै अव साधारण पोलिस्टरका खादा भन्दा स्थानीय उत्पादित ढाकाको खादालाई अभियानको रुपमा ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्त्री अर्यालका स्वकिय सचिव बुद्ध घर्ती, वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरमान गुरुङ, नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष गोपाल जिटि, नेपाल मगर संघका नगर उपाध्यक्ष विश्वप्रकाश थापा, सहभागि पेमा लुँईटेललगायतले बोल्नुभएको थियो । कानुङ सहकारीका अध्यक्ष उमेश दर्लामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तेजबहादुर आले र स्वागत उपाध्यक्ष कृष्ण थापाले गर्नुभएको थियो । तालिममा वालिङका १४ वटै वडाका १४ जनाको सहभागिता रहेको थियो भने तालिममा रुपा आले र कुमारी रानाले प्रशिक्षण दिनुभएको थियो । तालिम ३ महिनासम्म सञ्चालन भएको थियो । तालिममा सहभागिहरुले व्यवसायिक समुह समेत गठन गरेका छन् । वालिङ ढाका कपडा उत्पादन तथा कृषि महिला विकास समुह गठन गरेका हुन् । समुहको अध्यक्षमा लिला राना, उपाध्यक्षमा पेमा लुँईटेल, सचिवमा मसिना राना, कोषाध्यक्षमा मनकुमारी झेँडी, सहसचिवमा सर्मिला गुरुङ रहनुभएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…