स्याङ्जा : ट्राफिक प्रहरीद्धारा ५२ लाख राजश्व संकलन
प्रकाश डोटेल/स्याङ्जा :
आर्थिक वर्ष २०७६/०७७ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ५२ लाख राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरेर सवारी साधनका चालकलाई कारबाही गर्दा वर्षभरिमा ५२ लाख १५ हजार ५ सय राजश्व संकलन भएको हो ।
गत वर्षमा ७ हजार ९ सय ९२ सवारी चालक कारबाहीमा पर्दा ५२ लाख १५ हजार ५ सय राजश्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
९ सय ३१ ट्रकलाई कारबाही गर्दा ५ लाख ८८ हजार ५ सय राजश्व संकलन भएको छ । ट्राफिक कार्यालयका अनुसार १ हजार २ सय ७१ बसलाई कारबाही गर्दा ८ लाख ४० हजार राजश्व संकलन भएको हो ।
.

त्यसैगरि १ हजार ८ सय २४ जिप कार भेन कारबाहीमा पर्दा ११ लाख ६३ हजार ५ सय र ३ हजार संकलन भएको थियो भने ९ सय ६६ ट्याक्टर र मोटरसाईकल कारबाहीमा पर्दा २६ लाख २३ हजार ५ सय राजश्व संकलन ट्राफिक प्रहरी प्रमुख कर्णबहादुर चुनाराले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा ट्राफिक प्रहरीले ७२ लाख ६८ हजार ५ सय राजश्व संकलन गरेकोमा गएको वर्ष कोरोनाका कारणले भएको बन्दाबन्दीले गर्दा झण्डै २९ प्रतिशत कम राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा १५ सवारी दुर्घटना परी ९ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । ज्यान गुमानेमा २ बालबालिका ३ महिना र ४ पुरुष रहेका छन् ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


