स्याङ्जामा करदाता सेवा कार्यालय खुल्याे ।

भवानी अधिकारी/स्याङ्जा : आर्थिक वर्षको पहिलो दिनदेखि स्याङ्जामा करदाता सेवा शुभारम्भ भएको छ । कार्यालय स्थापनाको निर्णय भएको ८ महिनापछि कार्यालयले बिहीबारदेखि सेवा सुरु गरेको हो । पुस महिनामा कार्यालय स्थापनाको निर्णय भएपनि कार्यालय व्यवस्थापनको तयारी गर्दागर्दै लकडाउन सुरु भएपछि सेवा सुचारुमा ढिलाइ भएको थियो ।
ढिलै भएपनि स्याङजा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ मा स्थापित कार्यालयले जिल्लाबासीलाई भने सुविधा पुग्ने करदाताको अपेक्षा छ । आन्तरिक राजश्व बिभाग अन्तरगत रहेको कार्यालयको औपचारिक उदघाटन भएको छैन । आर्थिक वर्षको पहिलो दिनबाटै सेवा शुभारम्भ गरेको कार्यालय प्रमुख कर्मसिंह लामाले बताउनु भयाे ।
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोखरेल, स्याङजाका कार्यालय प्रमुख लामाले स्याङजाका पहिलो सेवाग्राही राम्चेदेवी तथा शिवानी सप्यालयर्शका प्रोपाइटर नवराज सुवेदीलाई फुलमाया र अविरले स्वागत गर्दै सेवा सुरु भएको उदघोष गरेका हुन्।
यसअघिको, पोखराबाट सेवा लिँदै आएका करदाता आजदेखि भने स्याङजाबाटै सेवा पाउने भएका छन् । कार्यालयबाट नयाँ करदाता दर्ता गर्ने, कर तिर्ने, विवरण राख्ने, अन्तशुल्क कर नविकरण गर्ने, कर चुक्ता गर्ने लगायतका सेवा उपलब्ध हुन्छन् ।
जिल्ला समन्वय समितिको कार्यालयको भवनमा रहनेगरी कार्यालय स्थापना गरिएको छ । स्याङजामा १२ हजार करदाता रहेको कार्यालय प्रमुख लामाको भनाइ छ । करदाताले व्यवसाय अर्थात सेवा अनुरुप मासिक, चौमासिक, वार्षिक रुपमा कर बुझाउन सक्नेछन् ।
कार्यालयमा एक प्रमुख सहित, डाटा इन्ट्री सुपरभाइजर एक जना, नायब सुब्बा २ जना र सवारी चालक र कार्यालय सहयोगी एक/एक जनाको दरबन्दी छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…