खाली हुँदै गए स्याङ्जाका क्वारेन्टाइन

Syangja_district

कोरोनाको महामारीमा विदेशबाट आउने बढेसँगै भरिभराउ भएका स्याङ्जाका ३८ वटा क्वारेन्टाइन खाली भएका छन् । कोरोनाको महामारीमा भारत तथा तेस्रो मुलुकबाट आएपछि ५२ वटा क्वारेन्टाइनमा राएिको थियो ।

एकै दिन ५२ ठाउँमा ९ सय ७२ जना क्वारेन्टाइनमा बसेकोमा अहिले १४ वटामा मात्र रहेको जिल्ला प्रशासन कार्यालले जनाएको छ ।

अर्जुन चौपारी गाउँपालिकामा ३ जना मात्र क्वारेन्टाइनमा छन् भने सबैभन्दा धेरै आँधीखोलामा २१ जना छन् । हाल जिल्लाभर १ सय ६२ जना क्वारेन्टाइनमा छन् ।

कोरोनाको महामारीमा सबैभन्दा धेरै कालिगण्डकीमा नौ ठाउँमा क्वारेन्टाइन बनाइएको थियो भने सबै भन्दा थोरै आधिखोला, बिरुवा र पुतलीबजारमा २÷२ वटा छन् ।

जिल्लामा क्वारेन्टाइनमा बसेर २ हजार ६ सय ३८ जना पाािलकाले बनाएको क्वारेन्टाइनमा बसेर फर्केका छन् भने ६ सय २९ होम क्वारेन्टाइनमा बसको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानाकारी दिनुभयाे ।
भारत तथा तेस्रो मुलुकबाट आउने क्रम ९० प्रतिशत कमी आएको बताउँदै क्षेत्रीले अब स्वाब लिएका धेरै रहेकाले अझै क्वारेन्टाइनको संख्या १ पालिका १ मात्र रहने बताउनु भयाे ।

Facebook Comments Box
TOP