स्याङ्जामा पहिरोले जनजीवन अस्तव्यस्त,लाखौंको क्षती, मानिस घाइते ।


प्रकाश डोटेल/स्याङ्जा :

केहि दिनदेखि अविरल रुपमा परेको पानीका कारण स्याङ्जाका विभिन्न भागमा गएको पहिरोले जनजीवन अस्व्यस्त बनाएको छ । पहिरोले राजमार्ग अबरुद्ध बनाएको छ भने क्याम्पस, विद्यालय भवन र दर्जनौ घर गोठमा क्षति पुु¥याएको छ ।

स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका वडा नं. १ र १० मा राजमार्ग भन्दा माथिबाट आएको पहिरोले स्याङ्जा—पोखरा र स्याङ्जा—वालिङ खण्डाको सिद्धार्थ राजमार्ग अबरुद्ध बनेको थियो । राजमार्ग बिहानदेखि अपरान्ह्सम्म करिब १२ घण्टा अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पहिरोका कारण ५ घरमा क्षति पुु¥याएपछि प्रहरीकै पहलमा करिब ४० जना स्थानीयलाई सुरक्षित स्थानमा स्थानतरण गरिएको प्रहरीले जनाएको छ । पहिरोले घरमा क्षति पुु¥याएपनि मानविय क्षति भने भएको छैन् ।

.

सिद्धार्थ राजमार्गको स्याङ्जा वालिङ खण्डमा करिब डेढ दर्जन स्थानमा पहिरो गएको स्थानीय बोधराज अर्यालले जानकारी दिए । राजमार्गमा पहिरो जाँदा सवारी साधनहरु त्रसित बन्दै आउजाउ गर्न बाध्य भएको अर्यालले बताए ।

पहिरोले सदरमुकामस्थित त्रिभुवन आदर्श बहुुमुुखी क्याम्पसमा करिब १० लाख बराबरको क्षति पुु¥याएकोे छ । अविरल परेको पानीले पुुतलीबजार नगरपालिका, फेदीखोला, आँधीखोला, बिरुवा, हरिनाश र अर्जुनचौपारी गाउँपालिकाका स्थानीयको घर गोठ बगाएको छ भने दर्जनौ चौपाया मरेको र लाखौं मूल्य बराबरको क्षति पुगेको स्याङ्जा प्रहरीले जनाएको छ ।

.

Facebook Comments Box
TOP