दियालो/सुआहाराले दियो स्याङ्जाका महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सामाग्री
आँधीखोला खबर/स्याङजा :
दियालो/सुआहारा कार्यक्रमले स्याङ्जाका ११ वटै स्थानीयतहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरु तथा सेवाग्राहीको सुरक्षालाई ध्यान दिदै स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविकाले राष्ट्रिय भिटाभिन ए अभियान कार्यक्रममा अग्रस्थानमा रहेर सेवा गरेका थिए ।
सुआहारा परियोजनाको स्थानिय साझेदार संस्था दियालो संस्था मार्फत स्याङ्जा जिल्लाका ६१२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभुत स्वास्थ्य सुरक्षा सामाग्रीहरु सर्जिकल मास्क,स्यानिटाइजर लगायत प्रदान गरिएको हो ।
.

दियालो स्याङजाका ३५ जना फिल्ड कर्मचारीहरु फिल्डमा खटेर राष्ट्रिय भिटामिन ए अभियानलाई सफल र सुरक्षित बनाउन सहयोेग गरेको संस्थाका कार्यक्रम प्रमुख ओमसुवा गुरुङले जानकारी दिनुभयो ।
कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि दियालो सुआहाराले जिल्लाका ११ वटै स्थानीयतहका स्वास्थ्यकर्मी,महिला स्वयंसेविकका लगायतलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन भईरहेको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।
यस्तो छ गण्डकी प्रदेशमा कोरोनाको अवस्था : निर्देशक डा.विनोद विन्दु शर्मा
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


