के सलह किरा खान हुन्छ ? यसो भन्छन् विज्ञ !

रोना भाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ ।
विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कैयौँ भिडियो युट्युबमै भेटिन्छन् । नेपालमा यो खान हुन्छ भन्ने एकथरी छन् भने खान हुँदैन भन्ने मत राख्ने विज्ञ छन् र उनीहरूले चरा, कुखुरा वा हाँसलाई दाना बनाएर दिन सकिने बाटो पनि देखाएका छन् ।
मीठो मानेर खाए : जोशी
काठमाडौँं उपत्यकावासीले वर्षौंअघि नै सलहलाई हाँडीमा भुटेर खाएको इतिहास छ । १०१ वर्षीय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा सलह आएको उतिबेलै देख्नुभयो । उहाँले त्यतिबेला सलह पोलेर अनि हाँडीमा भुटेर काठमाडौँका मानिसले खाएको समेत देखेमन छन् ।
उनका अनुसार सलह आकाशै ढाकेर आएका थिए । करोडौँ सङ्ख्यामा थिए भन्ने उनको अनुमान छ । उहाँ सलहले बादल जस्तै सूर्य नै नदेखिने अँध्यारो बनाइदिएका थिए भनेर स्मरण गर्छन् । सलह जहाँ बस्यो रुखपात, धान बाली त्यहाँको हरियाली सखाप बनेको उहाँ सम्झनुहुन्छ । उपत्यका त्यो समय खेत नै खेत अनि वरिपरि हरियाली जङ्गलले भरिएको थियो ।
सलहले खाएपछि बुच्चे र ठुटे बोटबिरुवा हेरेर किसान दिक्क भएका थिए ।
उनका अनुसार काठमाडौँका विभिन्न स्थानका मानिसले सलह समाते । त्यति मात्र होइन सडकमा लहरै भाग लगाएर बेच्न पसल नै थापे । शताब्दी पुरुष जोशी आफू खाने अनि मसला हालेर मीठो बनाएको सलह अरूलाई बेचेर चखाएको मैले देखेको हुँ भन्नुहुन्छ । एक भागको दुई पैसादेखि चार पैसा सम्ममा बेच्ने गरेका थिए । उनको कथनले नेपालमा सलहले आतङ्क मच्चाएको र मानिसले खाएको पनि पुष्टि हुन्छ ।
सरदार भीमबहादुर पाँडले त्यस बखतको नेपाल पुस्तकमा वि. सं. १९८५ मा आकाशै ढाक्ने गरी नेपालमा सलह आएको उल्लेख गरेका छन् । उनले सलहले अनिकाल नै पारेको र मानिसले सलह खाएको पनि चर्चा गरेका छन्।
के साँच्चै सलह खान हुन्छ त ?
पछिल्लो समय सलह खरिद बिक्री गर्ने क्रम बढेको छ । यसलाई पकाएर खाने प्रवृत्ति पनि देखिएको छ । सलह खान हुन्छ भन्नेले खान थालेका छन् ।
खान हुन्न कोरोना जस्ता भाइरस फैलाउन सक्छ भन्ने अर्काथरीले नखान प्रेरित गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयका कीट विज्ञ डा. प्रेमबहादुर बुढा सलहमा उच्च प्रोटिन हुने भएकाले खान हुने बताउँछन् । सलह भगाउन प्रयोग गरिने विषादी र विभिन्न देश डुलेर आएकाले यसमा रोग वा भाइरसको अंश हुन्छ कि भन्ने मानिसमा एक प्रकारको आशङ्का रहेको छ तर उनी त्यो कुराले महìव नराख्ने उल्लेख गर्छन् ।
उहाँले कहीँ कतै विषादी प्रयोग गरिएको सुनिएको छ तर त्यसले सलहलाई खासै असर गर्दैन, नेपालको परम्परागत समाजमा यस्ता कीरा खाने चलन छ भन्नुभयो । वर्षा मौसम रहेको र उड्ने कीरा भएकाले विषादीको असर नरहने दाबी गर्नुभयो ।
उनका अनुसार नेपालमा आएको सलह तेस्रो जेनेरेसनको हो । अफ्रिकाबाट उडेको सलहको तेस्रो पुस्ता भएकाले भाइरसजन्य सङ्क्रमणको सम्भावना न्यून रहेको उनको भनाइ छ ।
अर्का कीट विज्ञ सञ्जय विष्टले मानिसले खान हुने÷नहुने सुुझाव नदिने तर कुखुरा र हाँसका लागि दानाका रूपमा प्रयोग गर्न सकिने बताए । किसान र उद्यमीलाई त्यही सुझाएको जानकारी दिए । गोरखापत्र दैनिकमा चाँदनी हमालले यो समाचार लेखेकी छन् ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…