आज बुधार,कस्तो छ समय हेर्नुहोस् राशिफल !

मेष– परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ।
वृष– बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ।
मिथुन– अध्ययनमा पछि परिने सम्भावना छ । अरूले बाधा पुर्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला ।
कर्कट– विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ।
सिंह– पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ।
कन्या– दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला। होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।
तुला– लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। पहिलेका समस्या दोहोरिन सक्छन्। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ।
वृश्चिक– काममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ ।
धनु– काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ, साथै बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ ।
मकर– विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ। यात्रा पनि होला । आज धनलाभको संभावना छ , साथै टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसंग वित्नेछ ।
कुम्भ– साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला । मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ, ।
मीन– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ । सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ।
बिशेष जानकारी :
बिशेष काम गर्ने राम्रो समय बिहान 06:28 देखि 08:48 बजे सम्म छ, यो समय चन्द्र होरा,लाभ बेला, अमृत बेला, गुरु होरा संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /राहु काल दिउसो 12:09 बजे देखि 01:49 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले हरिया खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै दुध तिल वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि उत्तर दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।सहित जुरेका कामहरु चातुर्य, दक्षता, कला, पुण्य कर्म, ब्यापार गृह आरम्भ, अध्ययन, धातु क्रिया, जागिर प्ररम्भ, बादबिवाद, पन्ना हरीयो बस्तुको काम राम्रो छ ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…