आज नाग पञ्चमी, कस्तो छ समय हेर्नुहोस् राशिफल ।

Nag_debata

मेष– मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ ।

वृष– उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। अप्रिय समाचारले मन खिन्न हुनेछ ।

मिथुन– नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ ।

कर्कट– रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ ।

सिंह– खर्च लागे पनि दिगो आयस्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछन् ।

कन्या– स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला।

तुला– अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

वृश्चिक– बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको संभावना छ । अध्ययनमा समय दिन नसकिएला। लेनदेनको विवादले हानि पुर्याउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्।

धनु– स्तारै सोचेको काम बन्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ । फ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ ।

मकर– भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । तापनि प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ ।

कुम्भ– व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् ।

मीन– नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैयापैसाको कारोबार हुने देखिन्छ । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ ।

बिशेष जानकारी :

बिशेष काम गर्ने राम्रो समय बिहान 06:26 देखि बिहान 08:47 सम्म छ, यो समय गुरु होरा र सुभ समयको हो साथै अर्को राम्रो समय 11:26 देखि दिउसो 12:26 सम्म छ, यो समय चन्द्र होरा र अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /राहु काल बिहान 08:47 बजे देखि 10:28 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले निला काला खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै तिल मास वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि दक्षिण दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।साहित जुरेका कामहरु गीत संगित, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, जस्ता काम आज फाब्छन /

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP