सँगै पिकनिक खान गएका साथीको हत्याको आरोपमा दुई जना पूर्पक्षको लागि जेल चलान ।
स्याङजा :
आफ्नै साथीको हत्याको आरोप लागेका दुई जनालाई जिल्ला अदालत स्याङजाले पूर्पक्षका लागि जेल जलान गरेको छ । गल्याङ नगरपालिका वडा नम्वर ४ का ३२ बर्षीय पदम प्रसाद पाण्डेयको हत्याको आरोप लागेको स्थानीय चन्द्र कान्त न्यौपाने र नाउदेउ न्यौपाने पूर्पक्षका लागि जेलचलान भएका हुन् ।
गत जेठ २१ गते साथीहरु सँगै मिलेर खसी काटेर खाने गरी पिकनिक गएका पाण्डेय जेठ २२ गते मृत अवस्थामा फेला परेका थिए । घटना लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरिक्षक निरन्जन घिमिरे नेतृत्वको टोली अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको थियो ।
मृतक पाण्डेकी श्रीमतीले घटना रहस्मय रहेको र हत्या नै भएको भन्दै किटानी जाहेरी समेत दिएकी थिईन ।
गल्याङ सेतिबेणी ग्रामिण कच्ची सडक अन्तरगत पर्ने गल्याङ नगरपालिका वडा नम्वर ५ सपौदेको भीरमा पाण्डे मृत अवस्थामा फेला परेका थिए ।
अनुसन्धानका क्रममा उनीहरु बीचमा झगडा भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यो पनि हेर्नुहोस् : स्याङजाको गल्याङमा पिकनिक खान गएका व्यक्ति मृत अवस्थामा फेला
मृतक पाण्डेका परिवारलाई युएईमा रहेकाहरुले गरे नगद सहयोग ।
हेरौं प्रहरीले दिएको घटना र अनुसन्धानको बिबरण :
“मिति २०७७।०२।२१ गते अं. २०:०० बजेको समयमा जि. स्याङ्जा गल्याङ नगरपालिका वडा नं. -५ हक्तुङ सपौदे भिर स्थितमा जिल्ला स्याङ्जा गल्याङ न.पा. -४ बस्ने बर्ष ३२ को पदम पाण्डे मृत अवस्थामा फेला परेको घटना सबन्धमा मृतककी श्रीमती ऐ.ऐ.-४ बस्ने बर्ष २९ की जमुना पाण्डेले मिति २०७७।०२।२४ गते ऐ.ऐ. -४ बस्ने बर्ष ३९ को चन्द्रकान्त न्यौपाने र ऐ.ऐ. बस्ने बर्ष ३९ को नामदेउ न्यौपाने समेतको बिरूद्धमा कर्तव्यज्यान मुद्धा शिर्षकमा किटानी जाहेरी दिएकोमा उल्लेखित चन्द्रकान्त न्यौपाने र नामदेउ न्यौपानेलाई ऐ. २४ गते पक्राउ गरी अनुसन्धान गरिएकोमा मिति २०७७।०२।२१ गते पदम पाण्डे घरबाट निस्कीई निजै चन्द्रकान्त न्यौपाने र नामदेउ न्यौपाने सँग खसि काटी खाने भनि ऐ.ऐ. वडा नं. -५ सानोखोला स्थितमा गएकामा निजहरू बीच सोही स्थानमा झगडा भएको खुलेको, झै-झगडा हुँदा घाईते समेत भएका र मृतक पदम पाण्डेले घरबाट निस्किई हिड्दा लगाएको रातो सेतो कालो रङको ज्याकेट ऐ. -५ भर्ला स्थितमा र मोवाईल नामदेउ न्यौपानेको घरमा फेला परेको , सो घटनासँग सम्बन्धीत सवुद प्रमाण समेत वरामद गरी सम्पूर्ण अनुसन्धान कार्य पुरा गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत अभियोग साथ प्रतिवादीहरू चन्द्रकान्त न्यौपाने र नामदेउ न्यौपानेलाई सम्मानित स्याङ्जा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित स्याङ्जा जिल्ला अदालतको मिति २०७७।०३।१८ गतेको आदेशले पूर्पक्षको लागि कारागार चलान भएको ।”
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


