सँगै पिकनिक खान गएका साथीको हत्याको आरोपमा दुई जना पूर्पक्षको लागि जेल चलान ।

स्याङजा :
आफ्नै साथीको हत्याको आरोप लागेका दुई जनालाई जिल्ला अदालत स्याङजाले पूर्पक्षका लागि जेल जलान गरेको छ । गल्याङ नगरपालिका वडा नम्वर ४ का ३२ बर्षीय पदम प्रसाद पाण्डेयको हत्याको आरोप लागेको स्थानीय चन्द्र कान्त न्यौपाने र नाउदेउ न्यौपाने पूर्पक्षका लागि जेलचलान भएका हुन् ।
गत जेठ २१ गते साथीहरु सँगै मिलेर खसी काटेर खाने गरी पिकनिक गएका पाण्डेय जेठ २२ गते मृत अवस्थामा फेला परेका थिए । घटना लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरिक्षक निरन्जन घिमिरे नेतृत्वको टोली अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको थियो ।
मृतक पाण्डेकी श्रीमतीले घटना रहस्मय रहेको र हत्या नै भएको भन्दै किटानी जाहेरी समेत दिएकी थिईन ।
गल्याङ सेतिबेणी ग्रामिण कच्ची सडक अन्तरगत पर्ने गल्याङ नगरपालिका वडा नम्वर ५ सपौदेको भीरमा पाण्डे मृत अवस्थामा फेला परेका थिए ।
अनुसन्धानका क्रममा उनीहरु बीचमा झगडा भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यो पनि हेर्नुहोस् : स्याङजाको गल्याङमा पिकनिक खान गएका व्यक्ति मृत अवस्थामा फेला
मृतक पाण्डेका परिवारलाई युएईमा रहेकाहरुले गरे नगद सहयोग ।
हेरौं प्रहरीले दिएको घटना र अनुसन्धानको बिबरण :
“मिति २०७७।०२।२१ गते अं. २०:०० बजेको समयमा जि. स्याङ्जा गल्याङ नगरपालिका वडा नं. -५ हक्तुङ सपौदे भिर स्थितमा जिल्ला स्याङ्जा गल्याङ न.पा. -४ बस्ने बर्ष ३२ को पदम पाण्डे मृत अवस्थामा फेला परेको घटना सबन्धमा मृतककी श्रीमती ऐ.ऐ.-४ बस्ने बर्ष २९ की जमुना पाण्डेले मिति २०७७।०२।२४ गते ऐ.ऐ. -४ बस्ने बर्ष ३९ को चन्द्रकान्त न्यौपाने र ऐ.ऐ. बस्ने बर्ष ३९ को नामदेउ न्यौपाने समेतको बिरूद्धमा कर्तव्यज्यान मुद्धा शिर्षकमा किटानी जाहेरी दिएकोमा उल्लेखित चन्द्रकान्त न्यौपाने र नामदेउ न्यौपानेलाई ऐ. २४ गते पक्राउ गरी अनुसन्धान गरिएकोमा मिति २०७७।०२।२१ गते पदम पाण्डे घरबाट निस्कीई निजै चन्द्रकान्त न्यौपाने र नामदेउ न्यौपाने सँग खसि काटी खाने भनि ऐ.ऐ. वडा नं. -५ सानोखोला स्थितमा गएकामा निजहरू बीच सोही स्थानमा झगडा भएको खुलेको, झै-झगडा हुँदा घाईते समेत भएका र मृतक पदम पाण्डेले घरबाट निस्किई हिड्दा लगाएको रातो सेतो कालो रङको ज्याकेट ऐ. -५ भर्ला स्थितमा र मोवाईल नामदेउ न्यौपानेको घरमा फेला परेको , सो घटनासँग सम्बन्धीत सवुद प्रमाण समेत वरामद गरी सम्पूर्ण अनुसन्धान कार्य पुरा गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत अभियोग साथ प्रतिवादीहरू चन्द्रकान्त न्यौपाने र नामदेउ न्यौपानेलाई सम्मानित स्याङ्जा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित स्याङ्जा जिल्ला अदालतको मिति २०७७।०३।१८ गतेको आदेशले पूर्पक्षको लागि कारागार चलान भएको ।”
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…