स्याङजाको गल्याङमा पिकनिक खान गएका व्यक्ति मृत अवस्थामा फेला

आँधीखाेला खबर/गल्याङ :
स्याङजाको गल्याङमा पिकनिक खान गएका व्यक्ति मृत अवस्थामा फेला परेकाछन् । गल्याङ नगरपालिका वडा नम्वर ४ का ३२ बर्षीय पदम पाण्डेय मृत अवस्थामा फेला परेकाहुन् ।
गल्याङ सेतिबेणी ग्रामिण कच्ची सडक अन्तरगत पर्ने साउन्दीमा उनी मृत अवस्थामा फेला परेका हुन् । उनको सब सडकबाट ३ सय मिटर तल भीरमा अड्किएको अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले पाण्डे पिकनिक खाएर फर्कने क्रममा भीरबाट लडेको हुन सक्ने अनुमान् गरेको छ ।
घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिनुभयो ।

.

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP