स्याङजाको गल्याङमा पिकनिक खान गएका व्यक्ति मृत अवस्थामा फेला

आँधीखाेला खबर/गल्याङ :
स्याङजाको गल्याङमा पिकनिक खान गएका व्यक्ति मृत अवस्थामा फेला परेकाछन् । गल्याङ नगरपालिका वडा नम्वर ४ का ३२ बर्षीय पदम पाण्डेय मृत अवस्थामा फेला परेकाहुन् ।
गल्याङ सेतिबेणी ग्रामिण कच्ची सडक अन्तरगत पर्ने साउन्दीमा उनी मृत अवस्थामा फेला परेका हुन् । उनको सब सडकबाट ३ सय मिटर तल भीरमा अड्किएको अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले पाण्डे पिकनिक खाएर फर्कने क्रममा भीरबाट लडेको हुन सक्ने अनुमान् गरेको छ ।
घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिनुभयो ।
.
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…