कालीगण्डकी पहिरो अपडेट : तीन जनाको मृत्यु, बेपत्ताको खोजी कार्य चल्दै
स्याङ्जा :
स्याङ्जाको कालीगण्डकी गाँउपालिका वडा नम्वर ४ खहरेमा गएको पहिरोमा पुरिएका ३ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएका एक जनाको खोजी कार्य जारी रहेको छ ।
पुरिएकाहरुलाई नेपाली सेना,शसस्त्र प्रहरी तथा जनपद प्रहरी तथा स्काभेटरको सहयातमा खोजी गर्नै क्रममा ३ जनाको शव फेला परेको हो उनीहरु सबैको सनाखत भएको घटनास्थलमा रहनु भएका स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर तत्कालिन बिर्घा गाविसका अध्यक्ष ७० बर्षीय ईमानसिंह राना, ६० बर्षीय जीमान सिंह थापा र ५० बर्षीय टिका बहादुर थापको ज्यान गएको पुष्टी भएको हो । प्रेम चन्द्र पाण्डे भने अझै बेपत्ता रहेकाछन् ।
आज बिहान पहिरो झरेको थाहा पाए पछि हेर्न गएका ६ जनालाई पहिरोले पुरेको थियो
। प्रहरीले भने बाटो हिड्ने क्रममा माथिबाट पहिरो आएको जनाएको छ ।
जीबितै उद्धार गरिएका ६८ बर्षीय होमनाथ पाण्डे र ५५ बर्षीय बीरबहादुर रानाको गल्याङमा उपचार भईरहेको छ ।
त्यस्तै सोही खहरे खोलाले धार परिवर्तन गर्दा ४ घर परिवार बिस्थापित भएका प्रहरीले जनाएको छ । स्थानीय बिरबहादुर राना,देव बहादुर थापा,जिमान्सिंह राना र तिलीसरा थापाको परिवार बिस्थापित भएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


