पहिरोमा मृत्यु भएका यामबहादुरको परिवारलाई कांग्रेसको सहयोग

नारायण विश्वकर्मा : स्याङ्जाको गल्याङ नगरपालिका ९ साङ्लियामा आईतबार राति तीन बजे फुलमाया विश्वकर्माको घरमा माथिबाट पहिरो खस्यो । पहिरोले उनको वस्ने वास मात्र खोसेन जीवनभरी साथ दिने कसम खाएका श्रीमानलाई समेत खोस्योे । बर्ष ४९ का श्रीमान यामबहादुरको दुखद निधन पछि उनलाई पतिविगोगले मात्र सताएको छैन, कृया वसेकै अवस्थामा कसरी छाक टार्ने भन्ने पिरलो मात्र छ । 
यहि चिन्ताको घडिमा नेपाली कांग्रेस गल्याङ नगर समिति र लायन्स क्लब अफ गल्याङ सिटी राहात सामग्री लिएर फुलमायाको घरमा पुग्यो । फुलमायाको निक्कै कमजोर आर्थिक अवस्था छ । कमाएर खुवाउने श्रीमानको मृत्यु पश्चात उनलाई कृया भित्रै विहान वेलुकाको छाक कसरी टार्ने हो चिन्ताले छोडेको छैन ।
फुलमायालाई आफ्नो भन्दा चार नावालक छोराछोरीले के खालान भन्ने पिर झन धेरै छ ।  उनको पिडामा नेपाली कांग्रेस गल्याङ नगर समितिले सात हजार र लायन्स क्लव अफ गल्याङ सिटीले गरेको सहयोग तीन हजार गरि १० हजार र दाल, चामल, नुन तेल लगाएतका खाध्यन्नले थारैभएपनि राहात मिलेको छ ।
गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले उक्त राहत सामग्री वितरण गर्दै  मानिसलाई अफ्ठेरो परेको अवस्थामा एकले अर्कोलाई सहयोग गर्नुपर्ने बताए । ‘मान्छेको मृत्य निश्चित छ, मात्र ढिलो चाडो हो, मरणका प्रकृति अनेक छन्, चिन्ता लिनुपर्दैन ।’ उनले भने, ‘प्रदेस सरकार र स्थानीय सरकार संग मैले पनि सहयोगका लागि सक्दो पहल गर्छु ।’

.


सहयोग हस्तान्त्रण कार्यक्रममा गल्याङ नगरपालिका ३ का वडाअध्यक्ष महेस भट्टराईले उक्त परिणमको सहयोग गरेर आफुहरु पनि पिडित संगै छौँ भन्न मात्र खोजेको बताए । उनले यामबहादुरको निधनले नेपाली कांग्रेस सहित सिंगो गल्याङ नगरपालिका दुखि भएको भन्दै मृतआत्माको चिर शान्ति र परिवारमा समवेदना व्यक्त गरे ।
सहयोग वितरणका कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष हरिलाल खनाल, लायन्स क्लब अफ गल्याङ सिटीका अध्यक्ष अर्जुनप्रसाद वस्याल, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य श्याम प्रसाद भण्डारी, नेपाली कांग्रेस वडा नम्बर ९ का सभापति नेत्रलाल अर्याल, नेपाली काँग्रेस गल्याङ नगर समितिका सचिव ऋषिराम भण्डारी, नेपाल तरुण दल गल्याङ नगर सभापति कृष्ण प्रसाद भट्टराई लगाएतले नेपाली काँग्रेस निरन्तर पिडितहरुको पक्षमा हुने बताएका छन् ।

यो पनि पढ्नुहोस् : पहिरोले घर पुर्दा स्याङ्जाको गल्याङमा १ जनाको ज्यान गयो

Facebook Comments Box
TOP