स्याङ्जा -डाक्टरमा कोरोना पुष्टि : अस्पताल बन्द !
स्याङ्जा : गल्याङ नगर अस्पतालमा सेवारत डाक्टरमा कोरोना संक्रमण देखिएको छ। चिकित्सकमै कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालका सबै सेवाहरु बन्द गरिएका छन्।
अस्पतालको आइसोलेसनका संक्रमितको उपचारमा खटिएका डाक्टर नै कोरोना संक्रमित भएका हुन्। क्षयरोग केन्द्र, पोखरामा भएको परीक्षणमा अस्पतालका डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। पुष्टि भएसँगै उनलाई आइसोलेसनमा राखिएको छ।
आइशोलेसनमा रहेका संक्रमित, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगयत १९ जनाको पीसीआर परीक्षणका लागि पोखरा पठाइएकोमा डाक्टरमा मात्र कोरोना पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। उनले भने, ‘कन्ट्रयाक ट्रेसिङका तयारीमा जुटेका छौं।’
डाक्टरमा नै संक्रमण पुष्टि भएको खबरले समुदायमा फैलने डर स्थानीयको छ। डाक्टरले गल्याङ अस्पतालसहित क्लिनिकमा समेत स्वास्थ्य परीक्षण गर्ने जनाइएको छ। योसँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या १ सय ९८ जना पुगेको छ। अहिलेसम्म १ सय ८५ जना कोरोना निको भएर घर फर्केका छन् भने १३ जना विभिन्न आइसोलेसनमा उपचाररत छन्। २ जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालयका अनुसार भिरकोट स्थित कालिका सामुदायिक अस्पतालमा ५ जना, वालिङ स्थित कुँवर समाजघरमा ५ जना, पुतलीबजार स्थित करेण्डाँडामा १, चापाकोटमा १ र गल्याङमा १ जना संक्रमित उपचाररत छन्।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


