गल्याङमा औषधी व्यवशायी र प्रहरी सहित आठ जनामा कोरोना पुष्टी ।
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा आठ जनामा कोभिड १९ कोरोना भाइरस पोजिटिभ देखिएको छ । बुधबार आएको रिपोर्टमा क्वारेन्टीनमा बसेका ६ जना सहित ८ जनामा कोरोना संक्रमणको भाइरस पोजिटिभ देखिएको हो । समुदाय स्तरमा देखिएकामा एक जना औषधी पसल व्यवसायी र एक प्रहरी रहेका छन् ।
गल्याङमा ४२ जनाको रिपोर्ट संकलन गरिएकोमा ३८ जनाको नतिजा आएको थियो । जसमध्ये ३० जनाको नतिजा नेगेटिभ आएको छ ।
यसैवीच, गल्याङमा अत्यवाश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने भएको छ । बुधबार बसेको गल्याङ नगर स्तरीय विपद व्यवस्थापन समन्वय समितिको बैठकले साउन २३ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा तथा कोभिड संक्रमण व्यवस्थापन केन्द्र (DCCMC) ले जिल्लामा कोरोना जोखिम बढ्दै गएको भन्दै अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्न पत्राचार गरेको थियो ।
कोरोना भाइरस (कोभिड १९) को जोखिम गल्याङमा बढ्दै गएको र समूहमा पनि संक्रमण देखिइसकेको भन्दै नगरपालिकाले साबधानी अपनाउन नगरवासीलाई अनुरोध गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जारी गर्नुभएको सूचनामा गल्याङ नगरपालिका र अन्तर्गत वडा कार्यालयहरुमा पनि अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह नगर्न÷नगराउन अनुरोध गरिएको छ ।
यस्तै, गल्याङ नगरपालिका भित्र बैंक तथा वित्तीय संस्था लगायतका संस्थाहरुले पनि अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह नगर्ने÷नगराउने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, निस्कनु पर्दा अनिवार्य मास्कको प्रयोग गर्न, बारम्बार साबुन पानीले मिची मिची हात धुन र सामाजिक दुरी कायम गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।
यस्तै, गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कोरोना संक्रमणको जोखिम बढेको भन्दै थप सतर्क रहन अनुरोध गर्नुभएको छ ।
उहाँले नआत्तिन र सतर्क रहन सम्पूर्ण नगरवासीलाई आग्रह गर्नुभएको हो ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


