नेपालमा संक्रमितको संख्या १७ हजार नाघ्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक सय १६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा ३४ कोरोना जितेर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनु भयो । हालसम्म कोरोनाबाट निको हुनेको संख्या १० हजार ३ सय २८ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६० दशमलव पाँच तीन प्रतिशत हुन् ।
अहिलेसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ । हाल भोजपुर, मनाङ्ग, मुस्ताङ्ग र हुम्ला गरी चार जिल्ला कोरोनामुक्त भएका छन् ।
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


