नेपालमा संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २०४ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।
काठमाडौं उपत्यकामा २८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ सय ८८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ४ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल २५ हजार ७ सय २७ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ३६ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले नेपालका कोरोना संक्रमितमध्ये ९९ प्रतिशतमा कुनै पनि कोरोनाका लक्षण नदेखिएको बताउनुभयो ।
उहाँले ९७ प्रतिशत संक्रमित आयातित भएको पनि बताउनु भयो ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…