स्याङ्जामा ठूलो संख्याले कोरोना जितेर घर फर्किए

प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जामा कोरोनाबाट संक्रमितहरु कोरोना जितेर ठूलो संख्यामा घर फर्किएका छन् । स्वास्थ्य कार्यालय स्याङ्जाको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कोरोनाबाट संक्रमित १ सय ९२ जना मध्ये १ सय ३१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
कोरोना जितेर घर फर्किनेमा कालिका सामुदायिक अस्पताल भीरकोटको आईसोलेसनबाट ६९ जना, गल्याङ् सामुदायिक अस्पतालबाट ३६ जना, वालिङ कुवँर समाज घरबाट १५ जना, जिल्ला अस्पतालबाट ७ जना र जिल्ला बाहिरको आईसोलेसनमा ४ जना रहेका छन् ।
संक्रमित मध्ये कालिका सामुदायिक अस्पताल भीरकोटमा २५ जना, गल्याङ् सामुदायिक अस्पतालमा १४ जना, कुवँर समाज घर वालिङमा १४ जना, चापाकोट नगरपालिकामा ३ जना, पुलतीबजारको करेन्डाँडामा १ जना र जिल्ला बाहिरको आईसोलेसनमा २ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।
कोरोनाबाट संक्रमित मध्ये स्याङ्जामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका ३ का ५८ वर्षिय १ पुरुष र आँधीखोला गाउँपालिका १ पञ्चमूलका ५५ वर्षिय १ पुरुष गरी २ जना रहेका छन् । उनीहरुको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरि विभिन्न देशबाट आएका १ हजार ८ सय ४३ सहित जिल्लामा २ हजार ७ सय ३७ जना कोरेन्टीनमा बसेका थिए । कोरेन्टीनमा बसेका मध्ये पिसिआर परिक्षणमा नेगेटिभ नजिता आएपछि २ हजार ५ सय २५ जना घर फर्किएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । कोरेन्टीनमा बसेका २ सय १२ जनाको परिक्षण रिर्पाटे आउन बाँकी रहेको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…