स्याङ्जामा तीन प्रहरीमा कोरोना भेटियो, प्रहरीद्धारा पुष्टी ।
स्याङ्जा :
कोरोनाको कहर सामान्य बन्दै गएको स्याङ्जामा सुरक्षामा खटेका तीन प्रहरीमा कोरोना सङक्रमण भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका ३३, ३४ र ३८ बर्षका तिन जना प्रहरीमा कोरोना सङक्रमण भेटिएको हो जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो, उनीहरुमा रुघा लागेको थियो त्यस पछि नै हामीले छुट्टै राख्दै आएका छौं ।
सङक्रमित तीन जनामा एक जना सिपाही र दुई जना हवल्दार रहेको उहाँले बताउनु भयो ।
चार जनामा ज्वरो तथा रुघा लागेपछि स्वाब लिएको बताउदै प्रहरी नायब उपरिक्षक अधिकारीले सङक्रमित अवस्था अहिले भने सामान्य रहेको बताउनुभयो ।
प्रहरी कार्यालय भित्र रहेका सबैको स्वाब लिएर नेगेटिभ नभएसम्म प्रहरी कार्यालयको काम काज ्नयाँ शाखाँ बनाएर गरिने अधिकारीले बताउनुभयो ।
प्रहरीको भित्री शाखाँमा काम गर्ने सुरक्षाकर्मीमा कसरी सङक्रमण फैलियो अचम्ब लागेको प्रहरी प्रमुख एसपी बिमलराज कणेले बताउनुभयो ।
जिल्ला प्रहरी कार्याल भित्र काम गर्ने प्रहरी प्रमुख सहित ५५ जना रहेकोमा प्रबन्ध शाखामा खटिएका सुरक्षाकर्मीमा सङक्रमण भेटिएको हो ।
मंगलबारै पहिलो पटक जिल्लाको फेदिखोलामा तीन जनामा कोरोना सङक्रमण भेएिको थियो ।
यो सँगै स्याङजामा २०४ जनामा कोरो सङक्रमण भेटिएको छ भने १८३ जना निको भएर घर फर्केका छन् । कोरोना भाइरसका कारण दुई जनाको निधन भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


