पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु, संक्रमित २२४ जना थपिए ।
काठमाडौं : नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा चार जना मृतक थपिएका छन् ।
मृतकमा पर्साका तीन जना र ललितपुरकी एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।
देशभर कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय २४ जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको हो ।
हाल ५ हजार ३ सय १६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ५१ जना संक्रमित निको भएर घर फर्केका छन् ।
अहिलेसम्म जम्मा १४ हजार ३ सय ९९ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण भएको छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


