स्याङ्जा : थप २९ जनाले जिते कोरोना
भवानी अधिकारी/स्याङ्जा : स्याङ्जामा शुक्रबार दिउँसो २९ जनाले कोरोना जितेर भएर घर फर्केका छन् । स्याङ्जाको आइसोलेसनमा बसेका २७ जना र पोखराको आइसोलेनसनमा बसेका गरी २९ जनाले कोरोना जितेका हुन्।
यो संगै जिल्लामा कोरोना जित्नेको संख्या १ सय २८ पुगेको छ। केही दिनयता, जिल्लामा नयाँ कोरोना संक्रमित भेटिएको छैंन।
बिभिन्न आइसोलेसनमा बस्नेहरुको संख्या पनि घट्दो क्रममा छ। भीरकोट स्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा बसेका १९ जना र वालिङ नगरपालिकास्थित कुवँर समाजको आइसोलेसनमा बसेका ८ जना र पोखरामा रहेका २ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रादेशिक कार्यालय स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
यसैगरी कोरोना जितेर घर फर्कनेमा अर्जुनचौपारीका १८, हरिनासका १ र वालिङका ८ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए। कोरोना जितेर फर्कनेमा अधिकांश युवा छन् भने ५ जना बालबालिका पनि हुन्। उनीहरु क्रमश : ५, ६, ७, ८ ९ वर्षका हुन्।
आमासँग आश्रित ५ वर्षे बालिकामा कोरोना संक्रमण थिएन। आमालाई कोरोना संक्रमण देखिँदा पहिला पनि उनलाई देखिएको थिएन भने पछिल्लो पटक पनि पिसिआर रिपोर्टमा संक्रमण नदेखिएको कालिका सामुदायिक अस्पतालका कार्यकारी अधिकृत छायाँदत्त रेग्मीले जानकारी दिए।
जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ सय ८८ छ। ती मध्ये २ जनाको निधन भएको छ भने १ सय २८ ले कोरोना जितेर घर फर्केका छन्। बाँकी संक्रमित कालिका, कुँवर समाज भवन, गल्याङ र करेण्डाँडाका आइसोलेशनमा उपचाररत छन्।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


