बीपीको सम्झनामा माल्यार्पण तथा प्रवचन

तोलाकान्त बगाले/वालिङ :
नेपाली काँग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको ३८ औं स्मृति दिवस वालिङमा मनाईएको छ ।
नेपाली काँग्रेस स्याङ्जा प्रदेश २ क को आयोजना, वालिङ नगर कार्य समितिको सहकार्य तथा नेपाली काँग्रेस वडा नं. ८ को ब्यवस्थापनमाा वालिङ ८ बी पी चोकमा रहेको बीपीको शालिकमा माल्यार्पण तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाली काँग्रेस महासमिति सदस्य एवं भीरकोट नगर प्रमुख छायाराम खनालले राष्ट्रको रक्षा तथा राष्ट्रियताका लागि बीपीको विचार र आदर्शको राजनीतिलाई अंगाल्नु आवश्यक रहेको बताउनुभयो ।
.

नेता खनालले स्वार्थलाई छाडेर देश र जनताकालागि आँफूलाई उत्सर्ग गर्ने बेला आएकाले महामानव बीपीले देखाएको बाटो हिड्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले अहिले पनि बीपीले प्रदिपादन गरेको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्न सकेमात्रै पनि नेपाली राजनीतिले ठुलो फड्को मार्ने दाबी गर्नुभयो ।
कार्यक्रममा काँग्रेस महासमिति सदस्य भोजराज अर्यालले बीपीको बिचार अहिले पनि उत्तिकै समय सान्दर्भिक र प्रेरणाको स्रोत भएकाले यसको कार्यान्वयन पक्ष अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, नेपाली काँग्रेस स्याङ्जाका पूर्व कार्यवहाक सभापति मुक्तिप्रसाद सुबेदी, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, महाधिवेशन प्रतिनिधि एवं यूवा नेता विष्णु पौडेल, महाधिवेशन प्रतिनिधि लिलबहादुर रनपाल, काँग्रेस जिल्ला कार्य समिति सदस्य लेप्टेन यामबहादुर गुरुङ, काँग्रेस प्रदेश २ क का सहसचिव सरस्वती बगाले, तरुण दल प्रदेश २ क का अध्यक्ष दिपेन्द्र केसी, नेपाल विद्यार्थी संघ वालिङका सभापति दिक्षान्त खाँण लगायतले बीपीको राजनीतिक र साहित्यिक योगदानकाबारेमा चर्चा परिचर्चा गर्नुभएको थियो ।
नेपाली काँग्रेस वालिङ नगर सचिव भुपराज बगालेको स्वागतसँगै शुरु भएको उक्त कार्यक्रम प्रदेश २ क का सभापति अर्जुनप्रकाश अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव दामोदर लम्सालले र धन्यवाद वडा नं. ८ का वडा सभापति कमलप्रसाद सुबेदीले गर्नुभएको थियो ।
स्याङजामा बीपीलाई स्मरण गर्दै……………
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…