स्याङजामा बीपीलाई स्मरण गर्दै……………


भवानी अधिकारी/स्याङजा :
नेपाली काँग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको ३८ औं स्मृति दिवस स्याङजा लगायत एघार वटै पालिकामा बिबिध कार्यक्रम गदै मनाईएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति स्याङ्जाद्धारा आयोजित स्मृति सभा पुतलीबजार नगरपालिका १ स्थित वीपीचोकमा माल्यापर्ण गरेपछि पार्टी कार्यालयमा पुगेर प्रवचन कार्यक्रम गर्दे वीपीको स्मरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै संबिधानसभा सदस्य राजु थापाले नेपाली कांग्रेस पार्टीका संस्थापक नेता कोइरालाको दूरदर्शी, आदर्श, विचार र सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको जनाउदै वीपीका बिचारले जितेको बताउनुभयो ।
कोइरालाले १०४ वर्ष लामो जहानियाँ राणाशासनको अन्त्य गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै राणाविरोधी आन्दोलन, राष्ट्रको रक्षाका तथा राष्ट्रियताका लागि बीपीको योगदान अतुलनीय रहेकोमा जोड दिनुभयो । उहाँका आदर्श, विचार र राजनीतिलाई आत्मसात गर्दे गाउँगाउँमा पुग्नु आवश्यक रहेको बताउनुभयो । उहाले भन्नुभयो ‘महामानव बीपीले देखाएको बाटो हिड्नुको बिकल्प छैन । ’
कार्यक्रममा महासमिति सदस्य तुलसी गिरी र हिरादेवी शर्मा, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, भीरकोट नगर उपप्रमुख सीमा कर्माचार्या, महिला संघका पूर्व केन्द्रीय सदस्य राजकुमारी गुरुङ रमणी, महिला संघका सचिव तारा मल्ल, ट्रेड युनियन कांग्रेसका पूर्व सभापति जिवलाल काफले, कांग्रेस नेता चन्द्रमणी पौडेल र फणिनारायण अर्याल, तरुण दलका कार्यवाहक सभापति रविन केसी, क्षेत्रीय सभापति कुमबहादुर गुरुङ, नेपाल राष्टिय मगर संघका सचिव बिष्णु राना, नेवा खलका जिल्ला अध्यक्ष गोबरधन श्रेष्ठ, मुस्लिम संघका पूर्व केन्द्रीय सचिव मुन्ना शेख, मुस्लिम संघका जिल्ला अध्यक्ष अलिमिया मुमु, वडा अध्यक्ष भुवानीप्रसाद लामिछाने, प्रजातान्त्रिक कानून ब्यवसायी संघका अध्यक्ष युगनारायण श्रेष्ठ, महिला संघका पूर्व सभापति मखमली श्रेष्ठ, नेपाल बिद्यार्थी संघका अध्यक्ष अजित क्षेत्री, क्षेत्रीय अध्यक्ष बिज्ञान भण्डारी, लगायतले वीपी र उहाका ब्यक्तित्व र कृतीत्वका बारेमा चर्चापरिचर्चा गर्नुभएको थियो ।

.


कार्यवाहक सभापति कुमार रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य पृथ्वीप्रसाद पोखरेलले स्वागत सदस्य चन्द्रकान्त पोखरेलले धन्यवाद एवं प्रवक्ता इन्द्र गोदारले संचालन गनुृभएको थियो ।
यसैगरी, वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका र फेदिखोला, आँधीखोला, अर्जुनचौपारी, हरिनास, बिरुवा र कालीगण्डकी गाउँपालिकामा पनि बृक्षरोपण, प्रवचन एवं अन्र्तक्रिया गर्दे महामानव वीपी कोइरालाको स्मृति दिवस मनाइएका छन् ।

.

Facebook Comments Box
TOP