वालिङ दुर्घटना अपडेट : मृतकको सनाखत, गम्भिर घाईतेको पोखरामा उपचार हुँदै ।
स्याङ्जा :
स्याङ्जाको वालिङमा बिहिबार साँझ भएको जीप दुर्घटनामा परेर एक जनाकोे ज्यान गएको छ । वालिङ नगरपालिका वडा नम्वर १३ बांयटारिबाट वडा नम्वर १२ को सिर्सेकोट मैदानको लागि छुटेको ग १ ज ७४७१ नम्वरको जीप वालिङ १२ को लामपाते नजिकै जैरामे भन्ने ठाँउमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा जीपका सहचालक १४ बर्षीय सुदिप गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका वालिङ १२ का ३० बर्षीय तीलकुमारी गुरुङ , ६५ वर्षीय तील कुमारी थापा र चालक ४२ बर्षीय लिलाराम गुरुङको पोखरामा उपचार भईरहेको छ ।
दुर्घटनामा परी सामान्य घाईते भएका ३३ बर्षीय ममता गुरुङ, २८ बर्षीय प्रमिला गुरुङ र ४५ बर्षीय मनमाया गुरुङको ग्रहौं प्राथमिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
जीप ग्रामिण सडकबाट झण्डै एक सय मिटिर तल खसेको प्रहरीको भनाई छ ।
–स्याङ्जाको वालिङमा जीप दुर्घटना, एक जनाको ज्यान गयो, पाँच जना घाईते |
–स्याङ्जा:प्रहरी र एम्वुलेन्स चालकमा काेराेना सङ्क्रमण,अत्यावश्यक सेवा बाहेक सबै १० दिनका लागि बन्द !
.

समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
४ हप्ता अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


