थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या साढे १७ हजार

नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
योसँगै कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ।
त्यस्तै कोरोनाका कारण नेपालमा अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जनाकारी दिए।
समाचार
थप सामाग्री
रेडक्रस मानव सभ्यता बचाउने संस्था हो : सांसद थापा
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधि सभा सदस्य सांसद राजु थापाले रेडक्रस मानव सभ्यता बचाउने संस्था भएको बताउनु भएकाे छ । नेपाल रेडक्रस…