लकडाउनमा व्यापारीलाइ परेको प्रभाव कम गर्न वालिङ उद्योग वाणिज्य संघ सक्रिय
वालिङ :
वालिङ उद्योग वाणिज्य संघको कार्यसमितिको बैठक संघका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा बसी विभिन्न बिषयमा छलफल तथा निर्णयहरु गरेको छ । बैठकले कोभिड–१९ महामारीको कारण उद्योग व्यापार व्यवसायको क्षेत्रमा नकारात्मक असर परिरहेको बिषयलाई मध्यनजर गर्दै, यही असार ०२ गते वालिङस्थित विभिन्न बैंकका प्रमुख तथा प्रतिनिधिहरु र वालिङस्थित उद्योगी व्यवसायीहरुको बीचमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, त्यसैगरी असार ०४ गते वालिङस्थित विभिन्न बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु र वालिङ उद्योग वाणिज्य संघका सम्पूर्ण टिमको बीचमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र जिल्लास्थित नीजि क्षेत्रका छाता संस्था सबै उद्योग वाणिज्य संघहरुकाबीच कोभिड–१९ का कारण उद्योग व्यापार व्यवसायका क्षेत्रमा परेको असर, न्यूनिकरणका उपाय र आगामी कार्यदिशाका बिषयमा छलफल गरी साझा धारणा बनाउनका लागि यही असार ०५ गते शुक्रबारका दिन अन्तरक्रिया कार्यक्रम भौतिक दूरी कायम गर्दै वालिङ उद्योग वाणिज्य संघको सचिवालयमा आयोजना गर्ने निर्णय गरेको छ ।
साथै आजै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलको नेतृत्वमा एक प्रतिनिधि मण्डलले नेपाल सरकारले घोषणा गरेको लकडाउन, घरभाडा, घरबहाल कर, व्यवसाय कर, बैंक तथा वित्तीय संस्थाहरु र उद्योगी व्यवसायीहरुबीचका समस्या लगायत विविध विषयहरुमा स्थानीय सरकारको ध्यानाकर्षणका लागि वालिङ नगरपालिकामा गई नगरप्रमुख तथा उपप्रमुखसँग छलफल गरेको छ । साथै वालिङ नगरपालिकाले निकट भविष्यमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक नीजि साझेदारीमा गर्न सकिने विभिन्न कार्यक्रमहरु संघको तर्फबाट पेश गरेको छ ।
- स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित, जिल्लामा संक्रमितको संख्या ६० पुग्यो ।
- वालिङले वितरण गरिरहेको बाँदर धपाउने यन्त्र यसरी प्रयोग गर्न सकिन्छ
- वालिङमा बादर धपाउने उपकरण परिक्षण गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण
- वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
१ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …