स्याङ्जामा ट्राफिक प्रहरीको सक्रियता बढ्यो, जोरबिजोरमा अटेरी गर्नेलाई धमाधम कारबाही गरिदै ।

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
तपाई स्याङ्जाको सिद्धार्थ राजमार्गमा मोटरसाईकल वा साना सवारी साधनमा यात्रा गर्नुभएको छ भने पहिला आफ्नो नम्वर प्लेट हेरेर मात्रै हिड्नुहोला । तपाईले चलाउने सवारी साधनको नम्वर प्लेट जोर दिन वा विजोरमा पर्छ हेरौ । नत्र सरकारले संचालनमा ल्याएको जोर विजोर प्रणाली अनुसार कारवाहिमा परिएला । जोर दिनमा जोर नम्वरको सवारी चलाउने र विजोर दिनमा विजोर नम्वर प्लेटको सवारी चलाउन पाईने सरकारले निर्देशन दिएको छ । कि प्रशासनको अनुमति लिनु होला, कि जोर र विजोर दिन छुट्टाएर हिड्नु होला । कोरोना संक्रमण बढ्दै जाने र नागरिकले पनि सहज रुपले काम गर्न सरकारले लकडाउनलाई केही खुकुलो पारेको छ । लकडाउन पुर्णरुपले खुला नहुन्जेल अत्याआवश्यक बाहेक घरबाट बाहिर नसिक्न र सवारी प्रयोग नगर्न सरकारले नागरिकलाई आग्रह गरेको छ ।
यसै मुताविक ट्राफिक प्रहरीले पनि सडकमा सवारीको चाप बढ्न थालेपछि जोर विजोर प्रणालीलाई व्यवस्थित गर्न तदारुकता देखाउन थालेको छ । राजमार्ग होस वा ग्रामिण क्षेत्रमा चल्ने नीजि सवारी साधनलाई कम गर्न सरकारले जोर विजोर प्रणालीलाई लागु गर्न निर्देशन दिए अनुसार स्याङ्जा ट्राफिकले सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बिमलराज कणेलले बताउनु भयो । पहिलो चरणमा जोर विजोरको बिषयमा सवारी धनीलाई सम्झाउने काम गरेका छौं प्रहरी प्रमुख कणेलले भन्नुभयो,“दोस्रो चरणमा सम्झाउदा पनि अटेरी गर्नेलाई जरिवाना सहित कारवाहि थालेका छौं ।” नागरिकमा लकडाउन पुर्णरुपले खुलेको आभास भएको छ त्यसलाई बुझाउन पनि यो अभियानलाई तिब्रता दिएका हौ उहाँले भन्नुभयो ।
जिल्ला सदरमुकाम पुतलीबजार, वालिङ, गल्याङ र भीरकोट नगरपालिका लगायत ग्रामिण क्षेत्रमा पनि ट्राफिकले सवारी चापलाई रोक्न चेकजाचलाई सक्रियता दिएको छ । जोर विजोर प्रणालीमा ट्राफिकको सक्रियता सगै सडकमा केही हदसम्म सवारी चाप कम भएको ट्राफिक प्रहरी कार्यालय वालिङका प्रमुख लोकराज भण्डारीले बताउनु भयो । बढ्दो सवारी चापले समुदायमा कोरोना संक्रमण फैलिन सक्छ भन्ने समस्या प्रति हामी सचेत रहेर सेवा प्रवाह गरेको भण्डारीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार असार १ गते देखि नीजि साना ठुला गरेर ६३ सवारी साधन कारवाहिमा परेका छन् ।
समाचार
थप सामाग्री
रेडक्रस मानव सभ्यता बचाउने संस्था हो : सांसद थापा
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधि सभा सदस्य सांसद राजु थापाले रेडक्रस मानव सभ्यता बचाउने संस्था भएको बताउनु भएकाे छ । नेपाल रेडक्रस…