चौतर्फी आलोचनापछि अर्थ मन्त्रालयले ७ असारसम्म बढायो कर तिर्ने म्याद
सरकारले कर तिर्ने समयावधि ७ असारसम्म बढाएको छ।
यसअघि आन्तरिक राजस्व विभागले २५ जेठसम्ममा कर तिर्न सूचना निकालेको थियो। विभागले त्यसलाई सच्याउँदै ७ असारसम्ममा कर तिरे हुने गरी नयाँ सूचना जारी गरेको छ।
आन्तरिक राजश्व विभागले नयाँ मिति सार्वजनिक गर्दै कर तिर्ने म्याद १४ दिन बढाएको हो।
आन्तरिक राजश्व विभागको नयाँ सूचनाअनुसार, मूल्य अभिवृद्धिकर २०५२ बमोजिम २०७६ साल फागुन, चैत्र र २०७७ साल वैशाख महीनाको मासिक कर विवरण, २०७६ साल माघ–फागुन र चैत २०७७ को वैशाख महीनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद ७ असारसम्म थप गरिएको छ।
त्यसैगरी, मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनको लागि मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २५ (घ) बमोजिम कर फिर्ताको निवेदन दिन पाउने अवधि लकडाउनकै बखत समाप्त भएमा पनि ७ असारसम्म म्याद दिइएको छ।
अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ साल फागुन, चैत र २०७७ वैशाख महीनाको बुझाउनुपर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद पनि ७ असारसम्म तोकिएको छ।
आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन, चैत र २०७७ वैशाख महीनाको बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद पनि ७ असारसम्म तोकिएको छ।
त्यसैगरी, चैत महीनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता बापतको रकम दाखिला गर्ने म्याद भने १५ असारसम्म कायम गरिएको छ।
त्यस्तै, २०७६ फागुन र चैत र २०७७ वैशाख महीनाको शिक्षा सेवा शुल्क र सोही महीनाहरूको टेलिफोन स्वामित्व शुल्क तथा दूर सञ्चार सेवा शुल्क तिर्ने म्याद पनि ७ असारसम्म बढाइएको छ।
.
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


