स्याङ्जा प्रशासनले भन्यो,“निशेधाज्ञा जारी छ,आफूखुसी पसल नखोल्नु अन्यथा कारवाही हुनेछ ।”
स्याङ्जा :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लामा आफूखुसी पसल खोल्ने तथा सञ्चालन गर्ने काम नगर्न सचेत गराएको छ ।
स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीद्वारा जारी सार्वजनिक सुचनामा भनिएको छ, ‘तोकिएको अत्यावश्यक बस्तु र सेवा बाहेकका व्यापार व्यवशाय नगर्न नगराउन भन्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसारको निषेधाज्ञा जिल्ला भर कायमै रहेको उल्लेख गरिएको छ ।’
‘जिल्लामा बन्दाबन्दी र निषेधाज्ञा जारी रहेकै बखत आँफुखुसी पसल कवल खुला गरी पूर्व आदेश र सूचना विपरितका गतिविधिमा वृद्धि हुँदै गएको भन्ने बुझिएकाले नेपाल सरकारले निर्णय गरी अर्काे व्यवस्था नभए सम्म त्यस प्रकारका गतिविधि नगर्न नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’सुचनामा भनिएको छ ।
सरकारी निर्णयको उल्लंघन हुन गएमा संक्रामक रोग ऐन, २०२०, स्थानीय प्रशासन ऐन, २०२८, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम कारवाही गरिने प्रशासनले सुचना मार्फत स्पष्ट पारेको छ ।
आँधीखोला खबरसँग कुरा गर्दै स्याङ्जाका प्रजिअ क्षेत्रीले भन्नुभयो, ‘हामी व्यापारी तथा व्यवशायीको मर्म बुझ्दछौं तर यो बिषम परिस्थितिमा आँफु खुसी पसल व्यवशाय सञ्चालन गर्नु राम्रो बिषय हुन सक्तैन’, उहाँले थप्नुभयो, सरकारले नै यस बिषयमा थप निर्णय पक्कै गर्ला ।
प्रजिअ क्षेत्रीले नागरिकको सुरक्षाको लागि नै लकडाउन र निशेधाज्ञा जारी गरिएको हो भन्नेमा कुनै शंका नरहेको भन्दै सुरक्षित रहन र कानुनको पालना गर्न जिल्लावासीलाई आग्रह समेत गर्नु भयो ।
.

समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


