स्याङजाका शिक्षकलाई इमेल इन्टरनेट अनलाइन प्रशिक्षण
भवानी अधिकारी/स्याङजा :
शिक्षकहरुलाई प्रबिधिमैत्री बनाउने उदेश्यले प्रबिधि मैत्री शिक्षक समाज स्याङ्जाले आधारभुत इमेल इन्टरनेट अनलाइन प्रशिक्षण कार्यशाला सुरु गरेका छन् ।
जुम एप्लिकेसन मार्फत कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमूख गुरुप्रसाद पौडेल अहिलेको यो परिस्थितीमा संस्थाले चालेको कदम निकै अनुकरणीय र समय शान्दभिक रहेको बताउनुभयो । एक्काइसौं सताब्दी भनेको सूचना र प््राबिधिको युग भएको बताउदै प्रबिधिको उपयोग गर्दै अघि बढ्नु पर्ने उहाको भनाई छ ।
कार्यक्रममा नेपाल शिक्षक संघ स्याङजा अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, प्रविधि मैत्री शिक्षक समाज केन्द्रीय सचिव हरिहर दाहाल ,गण्डकी संयोजक श्रीकान्त पौडेल, त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बाबुराम सिग्देल, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दे बन्दाबन्दीको समयको सदुपयोगसंगै प्रबिधि सिक्ने अवसरलाई सबै शिक्षकहरुले सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रबिधि मैत्री शिक्षक समाज गोरखाका सदस्य सुरेन्द्र देवकोटाले प्रशिक्षण दिनुहुने भएको छ ।
प्रबिधि मैत्री शिक्षक समाज स्याङ्जाका अध्यक्ष दोलराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सदस्य रामप्रसाद शर्माले स्वागत एवं उपाध्यक्ष कृष्णबहादुर गोदारले सञ्चालन गर्नुभएको थियो ।
प्रशिक्षण कार्यशाला १० दिनको हुने समाजले जनाएको छ । यसअघि, पनि समाजले एक महिने प्रशिक्षण सम्पन्न गरिसकेको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …